Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पीडितको पहिचान खुल्ने तस्बिर तथा भिडियो प्रकाशन नगर्न सञ्चारमन्त्रीको आग्रह


८, भदौ २०८३
  • 87
    SHARES
  • पीडितको पहिचान खुल्ने तस्बिर तथा भिडियो प्रकाशन नगर्न सञ्चारमन्त्रीको आग्रह

    काठमाण्डौ — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बलात्कार तथा यौन हिंसाका पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अरु सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको छ ।

    मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत पीडितको पहिचान र गोपनीयताको सम्मान गर्न तथा अपराधमाथि अर्को अपराध नगर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको हो ।

    यौन हिंसाका घटनामा पीडितको पहिचान सार्वजनिक गर्नु संवेदनशील र गम्भीर गैरकानुनी विषय भएको उहाँको भनाइ छ । विशेषगरी यौन हिंसाका पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नु अझ गम्भीर कसुर हुने भन्दै उहाँले समाचार तथा अरु सामग्री सम्प्रेषण गर्दा पीडितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।

    सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अरु सामग्री प्रकाशन, प्रसारण वा पुनःप्रसारण नगर्न आग्रह गर्दै त्यस्ता सामग्री यसअघि नै प्रकाशित भइसकेको भए तत्काल हटाउनसमेत उहाँले आग्रह गर्नुभएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend