Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘सामाजिक सेवामा लायन्स क्लबको योगदान अनुकरणीय छ’


२१, साउन २०८०
  • 127
    SHARES
  • ‘सामाजिक सेवामा लायन्स क्लबको योगदान अनुकरणीय छ’

    धनुषा । मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताउनुभएको छ ।

    लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एफले शनिबार जनकपुरधाममा आयोजना गरेको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा क्लबले पुर्याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकार र राजनीतिक दलका लागि समेत अनुकरणीय छ भन्नुभयो । 

    नेपाली कांग्रेस मधेस प्रदेश समिति सभापति एवं संसदीय दलका नेतासमेत रहनुभएका यादवले प्रदेश सरकार र आफू नेतृत्वको पार्टी संरचनामा पनि क्लबका असल अभ्यासको अनुशरण र सहकार्यका लागि पहल गर्ने बताउनुभयो । 

    “नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, बालगृहलगायतका क्षेत्रमा राम्रो काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “अब मधेस प्रदेशमा स्थानीय र प्रदेश सरकार तथा मेरो पार्टीका संरचनाले पनि आवश्यक समन्वय एवं सहकार्य गर्ने विषयमा मेरो पहलकदमी रहने छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा मिलेर काम गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।”

    त्यसअवसरमा लायन्स क्लब अफ जनकपुरका नवनिर्वाचित अध्यक्ष रमन साह र लायन्स क्लब अफ जनकपुर गार्गीका अध्यक्ष अञ्जना पण्डित नेतृत्वको समितिलाई जिम्मेवारी हस्तान्तरण, नयाँ सदस्यता लिएकाहरूको परिचय तथा शपथप्रहणलगायतका कार्यक्रम गरिएको थियो ।

    नेपालमा सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा पहिलोपटक क्लबको स्थापना भएको थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend