Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उद्धार, राहत र पुनर्स्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन गरिने


१६, भदौ २०८३
  • 109
    SHARES
  • उद्धार, राहत र पुनर्स्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन गरिने

    काठमाण्डाै – भदाै १० गते बुधवार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ ।

    आज सिहंदरबारमा बसेकाे सर्वदलीय बैठकले प्रदेश र पालिकामा समेत सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरी राहत तथा उद्धारमा परिचालन गर्ने निर्णय भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले जानकारी दिनुभयाे ।

    पुनका अनुसार बैठकले विपद्का बेला दलगत राजनीतिभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत दाेहाेर्‍याएकाे छ ।उहाँले राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली अपनाए पनि पीडितसम्म राहत पुग्न नसकेको भन्दै पालिकासँग पर्याप्त समन्वय गर्नुपर्नेमा जोड दिएको बताउनुभयो ।

    सांसद पुनले विपद्को उद्धार तथा राहतमा निजी क्षेत्रलाई शुरूदेखि नै सहभागी गराउनुपर्नेमा सरकारले त्यस्तो नगराएको विषयमा ध्यानाकर्षण गराइएको उल्लेख गर्नुभयाे ।

    यस्तै सर्वदलीय बैठकमा नेपाली कांग्रेसले सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ ।

    कांग्रेसका केन्द्रीय सदस्य देवराज चालिसेले सरकारले उपलब्ध स्रोत साधनबाट प्रयास गर्दागर्दै पनि नसकेकाे अवस्थामा प्राविधिक विषयमा अन्तर्राष्ट्रिय सहयोग लिन कुनै सङ्कोच गर्न नहुने बताउनुभयाे । सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको उहाँकाे भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘मान्छेको जीवन नै प्रधान हो । त्यस कारण उद्धारको विषयमा सरकार संवेदनशील हुनुपर्छ । राहत दोस्रो चरण हो । पुनर्निर्माण तेस्रो चौथो चरणमा जान्छ । अन्तर्राष्ट्रिय सहयोग जुटाउन कुनै लाज मान्नु पर्दैन । हामीसँग उपलब्ध स्रोत र साधनले गर्न नसकेका विषयहरूमा अन्तर्राष्ट्रिय सहयाेग लिनुपर्छ ।’

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend