Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढीपीडितका लागि कपिलवस्तु नगरपालिकाको मानवीय पहल, ५१ लाख ११ हजार सहयोग घोषणा


१७, भदौ २०८३
  • 497
    SHARES
  • बाढीपीडितका लागि कपिलवस्तु नगरपालिकाको मानवीय पहल, ५१ लाख ११ हजार सहयोग घोषणा

    कपिलवस्तु । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कपिलवस्तु नगरपालिकाले ५१ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

    नगर कार्यपालिकाको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट जम्मा गर्ने निर्णय गरेको हो । नगरपालिकाका अनुसार सहयोग रकममा जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको समेत योगदान समेटिएको छ ।

    विपत्तिको घडीमा स्थानीय सरकारको साथ र ऐक्यबद्धता देखाउँदै नगर प्रमुख सुदीप पौडेलले आफ्नो एक महिनाको तलबसमेत सहयोग गर्ने घोषणा गरेका छन् । जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको सामूहिक योगदानले बाढीपीडितप्रतिको स्थानीय सरकारको जिम्मेवारी र मानवीय संवेदनालाई थप प्रस्ट पारेको नगरपालिकाले जनाएको छ ।

    प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भइरहेका बेला कपिलवस्तु नगरपालिकाले घोषणा गरेको ५१ लाख ११ हजार रुपैयाँको सहयोग हालसम्म विभिन्न स्थानीय तहबाट घोषणा भएका सहयोगमध्ये उल्लेखनीय रकम रहेको जनाइएको छ ।

    नगरपालिकाले बाढी तथा प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत, उद्धार र पुनःस्थापनामा थप सहयोग जुटाउन नगरवासी, संघ–संस्था, निजी क्षेत्र तथा सहयोगी मनहरूलाई समेत हातेमालो गर्न अपिल गरेको छ ।

    नगरपालिकाको सन्देश छ- “विपत्तिमा सहयोगको हात बढाऔँ, मानवताको धर्म निभाऔँ।”

    792069445_832327963302630_5846822951950510125_n.jpg

    784325608_1606488557544154_2135204178231178484_n.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend