Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रसुवा बाढी र समसामयिक राजनीतिबारे छलफल गर्न कांग्रेसले बोलायो विपक्षी दलको बैठक


२५, भदौ २०८३
  • 52
    SHARES
  • रसुवा बाढी र समसामयिक राजनीतिबारे छलफल गर्न कांग्रेसले बोलायो विपक्षी दलको बैठक

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ।

    समसामयिक राजनीतिक परिस्थिति र रसुवामा गएको बाढीले पारेको असरबारे छलफल गर्न कांग्रेसले विपक्षी दलहरूलाई छलफलका लागि बोलाएको हो ।

    कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिइन् । ‘रसुवामा बाढीले पुर्‍याएको क्षति र पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाइएको हो,’ थापाले  भनिन् । 

    बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको थापाले जानकारी दिइन् । 

    मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनका विषयमा साझा धारणा बनाउने उद्देश्यले प्रमुख प्रतिपक्षी दलले विपक्षी दलहरूको बैठक बोलाएको हो। बैठकमा सरकारका पछिल्ला कामकारबाहीका साथै संसद्मा विपक्षी दलहरू कसरी अघि बढ्ने भन्ने विषयमा पनि गहन छलफल हुनेछ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend