Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विपक्षी दलको संयुक्त बैठक आज, राजनीतिक परिस्थिति र रसुवा बाढीबारे साझा धारणा बनाइँदै


२५, भदौ २०८३
  • 58
    SHARES
  • विपक्षी दलको संयुक्त बैठक आज, राजनीतिक परिस्थिति र रसुवा बाढीबारे साझा धारणा बनाइँदै

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम तथा रसुवामा गएको विनाशकारी बाढीबाट उत्पन्न परिस्थितिबारे साझा धारणा बनाउन विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ।

    कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको आह्वानमा बिहीबार बिहान ११ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बस्ने भएको कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।

    थापाका अनुसार बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छलफलका लागि बोलाइएको छ।

    बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, सरकारका पछिल्ला कामकारबाही तथा रसुवा बाढीले जनजीवन, भौतिक संरचना र प्रभावित समुदायमा पारेको असरबारे गम्भीर छलफल हुने जनाइएको छ।

    विपद् व्यवस्थापन तथा राहत, उद्धार र पुनःस्थापनामा सरकारको भूमिकाबारे पनि विपक्षी दलहरूले साझा धारणा बनाउने तयारी गरेका छन्। साथै संसद्मा विपक्षी दलहरूले आगामी दिनमा कसरी प्रभावकारी रूपमा अघि बढ्ने भन्ने विषयमा समेत बैठकमा रणनीतिक छलफल हुने बताइएको छ।

    पछिल्लो राजनीतिक घटनाक्रम र विपद्पछि उत्पन्न राष्ट्रिय चुनौतीका बीच विपक्षी दलहरूलाई एउटै धारणा र साझा एजेन्डामा ल्याउने कांग्रेसको प्रयासलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend