Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा


२६, भदौ २०८३
  • 86
    SHARES
  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने स्पष्ट पारेका छन्। उनले अदालतको फैसला, नेपालको संविधान र पार्टी विधानका कारण महाधिवेशन अब एक घण्टा पनि तलमाथि नहुने दाबी गरेका हुन्।

    गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले महाधिवेशन प्रक्रिया कुनै पनि बहानामा नरोकिने भन्दै नेता–कार्यकर्तालाई ढुक्क भएर लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आह्वान गरे। उनले महाधिवेशनमा सहभागी हुन कसैलाई पनि बन्देज नगरिएको उल्लेख गर्दै पार्टीभित्र अलमलमा रहेका सबै पक्षलाई समेत समेटेर अघि बढ्ने प्रयास निरन्तर जारी रहने बताए।

    विधि र थितिमा सम्झौता हुँदैन

    सभापति थापाले पार्टीभित्रका विकृति र विसङ्गतिविरुद्ध आफू निर्मम बन्ने तर आन्तरिक एकता र सहकार्यका विषयमा भने नरम र लचिलो हुने नीति लिएको बताए। यस्तो राजनीतिक संस्कार आफूले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाबाट सिकेको उनको भनाइ थियो। “पार्टीभित्रका विकृति र विसङ्गतिविरुद्ध निर्मम बन्ने, तर पार्टीको आन्तरिक एकताका लागि नरम र लचिलो हुने संस्कार मैले गिरिजाबाबुबाट सिकेको हुँ,” थापाले भने।

    कांग्रेसलाई विधि, विधान र संस्थागत प्रक्रियाअनुसार सञ्चालन गर्न कुनै सम्झौता नगर्ने उनले दोहोर्‍याए। थापाले १५औँ महाधिवेशन सम्पन्न भएलगत्तै कांग्रेसले जनतासँग प्रत्यक्ष जोडिने बृहत् अभियान सञ्चालन गर्ने तयारीसमेत सुनाए। महाधिवेशनपछि पार्टी देशका गाउँ–गाउँमा पुगेर जनताका समस्या, अपेक्षा र सुझावसँग जोडिने उनको भनाइ थियो।

    गिरिजाप्रसादको आर्थिक नीतिको प्रशंसा

    कार्यक्रममा सभापति थापाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेपालको आधुनिक अर्थतन्त्र र निजी क्षेत्रको विकासमा रहेको योगदान ऐतिहासिक र निर्णायक भएको बताए।

    नेपालमा निजी क्षेत्रलाई उद्योग, व्यापार तथा ठूला व्यवसाय सञ्चालन गर्न खुला वातावरण सिर्जना गर्ने आर्थिक नीतिको जग कोइरालाले बसालेको उनको भनाइ थियो। त्यसकै परिणामस्वरूप आज नेपालमा ठूलो संख्यामा उद्योगी–व्यवसायी जन्मिन सक्ने वातावरण बनेको उनले बताए।

    सबै उद्योग तथा व्यापार सरकारले नै सञ्चालन गर्नुपर्छ भन्ने पुरानो सोचले राज्यलाई आर्थिक बोझमा पार्नुका साथै निजी क्षेत्रको सम्भावनालाई समेत सीमित बनाउने थापाको टिप्पणी थियो।

    उनले खुला बजार अर्थतन्त्र, लोकतन्त्रको सुदृढीकरण र समावेशी समृद्धिका लागि गिरिजाप्रसाद कोइरालाले अघि सारेको आर्थिक तथा राजनीतिक दृष्टिकोण आज पनि सान्दर्भिक रहेको बताए।

    फाउन्डेसनको नेतृत्व सुनिल शर्मालाई

    सोही कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व नेतृ सुजाता कोइरालाले नेता डा. सुनिल शर्मालाई हस्तान्तरण गरेकी छन्। कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्तासहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend