Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल


२, असोज २०८३
  • 21
    SHARES
  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपाल–भारत आर्थिक तथा कूटनीतिक सम्बन्धका विभिन्न आयाममा उच्चस्तरीय संवाद गर्दैछन्। विपद्पछिको पुनर्निर्माण, आर्थिक सहकार्य, व्यापार, लगानी तथा द्विपक्षीय परियोजनालाई अघि बढाउने विषय भ्रमणका प्रमुख एजेन्डाका रूपमा देखिएका छन्।

    भारत सरकारको निमन्त्रणामा बिहीबार नयाँ दिल्ली पुगेका अर्थमन्त्री वाग्लेले सोही दिन भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटमा भोटेकोशी बाढीपछि भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग, द्विपक्षीय आर्थिक सम्बन्ध तथा लामो समयदेखि अघि बढ्न बाँकी परियोजनाबारे छलफल भएको जनाइएको छ।

    भ्रमणको दोस्रो दिन शुक्रबार बिहान अर्थमन्त्री वाग्ले इन्डिया इन्टरनेसनल सेन्टरमा भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। कार्यक्रममा नेपाल–भारत सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेश र आर्थिक सहकार्यका विषयमा विचारविमर्श हुने कार्यक्रम छ। श्याम शरण नेपालका लागि पूर्वभारतीय राजदूतसमेत रहिसकेका छन्।

    यसपछि शुक्रबार साँझ अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेटमा नेपाल–भारत सम्बन्धका राजनीतिक तथा कूटनीतिक पक्षसँगै आर्थिक सहकार्य, पुनर्निर्माण र द्विपक्षीय हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    अर्थमन्त्रीको भ्रमण आर्थिक कूटनीतिमा पनि केन्द्रित छ। शुक्रबार नै भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने भेटघाट कार्यक्रममा वाग्ले सहभागी हुनेछन्। कार्यक्रममा नेपालमा भारतीय लगानी विस्तार, व्यापार सहजीकरण तथा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप गतिशील बनाउने सम्भावनाबारे छलफल हुने बताइएको छ।

    भ्रमणको अन्तिम दिन शनिबार अर्थमन्त्री वाग्ले भारतीय उद्योग परिसंघ (CII) ले आयोजना गर्ने भारतीय उद्योग तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। त्यसपछि दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा पनि उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

    नेपालले पछिल्लो समय भोगेको विनाशकारी बाढीपछि पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक स्रोत जुटाउने प्रयासलाई पनि वाग्लेको भारत भ्रमणसँग जोडेर हेरिएको छ। सरकारले विपद्पछिको आवश्यकता मूल्यांकन गरिरहेको अवस्थामा भारतसँग पुनर्निर्माण सहयोग, पूर्वाधार तथा आर्थिक सहकार्यका विषयमा छलफललाई प्राथमिकता दिएको छ।

    यसअघि सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माणमा भारतले सहयोगको प्रतिबद्धता जनाएको थियो। पछिल्लो विपद्को बदलिँदो परिस्थितिमा नेपालले पुनर्निर्माण, पूर्वाधार विकास र आर्थिक पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने तयारी गरिरहेको छ।

    अर्थमन्त्री वाग्ले नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।

    शनिबारका निर्धारित कार्यक्रम सम्पन्न गरेपछि अर्थमन्त्री वाग्ले नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम रहेको छ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend