Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संविधानले दिएका अधिकार प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न मुख्यमन्त्री आचार्यको आग्रह


२, असोज २०८३
  • 70
    SHARES
  • संविधानले दिएका अधिकार प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न मुख्यमन्त्री आचार्यको आग्रह

    देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेश तथा स्थानीय तहलाई प्रदान गरेका अधिकार पूर्ण रूपमा कार्यान्वयन हुने गरी संघीय सरकारले आवश्यक अधिकार प्रत्यायोजन गर्नुपर्ने बताएका छन् ।

    संविधान दिवसका अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा आयोजित सरसफाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले संविधानले सुनिश्चित गरेका अधिकार अझै पनि प्रदेश र स्थानीय तहले पूर्ण रूपमा प्रयोग गर्न नपाएको बताए ।

    ‘संविधानले दिएका अधिकार अहिले पनि प्रदेश र स्थानीय तहले पूर्ण रूपमा कार्यान्वयन गर्न पाइरहेको अवस्था छैन,’ उनले भने, ‘संविधानले निर्दिष्ट गरेका अधिकार प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ ।’

    संविधानले निर्दिष्ट गरेका अधिकारको प्रभावकारी कार्यान्वयनबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयन सम्भव हुने उनको भनाइ थियो । त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अझ बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

    मुख्यमन्त्री आचार्यले संविधान र लोकतान्त्रिक व्यवस्थाको स्थापनाका लागि योगदान तथा बलिदान गर्नेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितप्रति उच्च सम्मानसमेत प्रकट गरे ।

    प्रदेश सरकारले संविधान दिवसका अवसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेअनुसार प्रशासनिक परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । अभियानको उद्देश्य प्रदेश प्रशासनिक परिसरलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउनु रहेको प्रदेश सरकारले जनाएको छ ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव विनोदबहादुर कुँवरले प्रशासनिक परिसरलाई नमुनायोग्य बनाउने उद्देश्यले सरसफाइ, संरक्षण र सौन्दर्यीकरणका काम अघि बढाइएको बताए ।

    उनका अनुसार प्रशासनिक परिसरलाई २३ वटा क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रमा सरसफाइ केन्द्र तोकिएको छ । सरसफाइ अभियानपछि परिसरमा फलफूलका बिरुवा रोप्ने तथा तिनको संरक्षणलाई समेत निरन्तर अभियानका रूपमा अघि बढाइने उनले जानकारी दिए ।

    परिसरको सरसफाइ, सुधार तथा संरक्षणको अवस्थाको मूल्यांकन गर्न प्रदेश योजना आयोगका सचिवको नेतृत्वमा मूल्यांकन टोलीसमेत गठन गरिएको छ । मूल्यांकनका आधारमा उत्कृष्ट कार्य गर्ने क्षेत्रलाई पुरस्कृत गर्ने योजना रहेको प्रमुख सचिव कुँवरले बताए ।

    उनले प्रशासनिक परिसरको सरसफाइ, सुधार र संरक्षणलाई नियमित प्रक्रिया बनाउँदै स्वच्छ, व्यवस्थित र आकर्षक परिसर निर्माणमा प्रदेश सरकारले निरन्तर जोड दिने बताए।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend