Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मङ्सिर १५ भित्र सिद्धबाबा सुरुङबाट सवारी चलाउने तयारी


७, असोज २०८३
  • 58
    SHARES
  • मङ्सिर १५ भित्र सिद्धबाबा सुरुङबाट सवारी चलाउने तयारी

    पाल्पा । पहिरो र ढुङ्गा खस्ने जोखिमका कारण वर्षौंदेखि यात्रुका लागि चुनौती बन्दै आएको सिद्धबाबा सुरुङमार्गबाट आगामी मङ्सिर १५ गतेभित्रै सवारी सञ्चालन गर्ने तयारी अघि बढाइएको छ। निर्माणाधीन आयोजनाको मुख्य संरचनासहित अधिकांश सिभिल निर्माणको काम सम्पन्न भएसँगै योजना कार्यालयले बाँकी कामलाई तीव्रता दिएको हो।

    सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलका आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भइसकेको छ। हाल सडक पिच तथा रङरोगनको काम भइरहेको छ भने टेक्निकल भवनको फिनिसिङ पनि अन्तिम चरणमा पुगेको छ।

    बर्खा तथा भोटेकोशी बाढीका कारण निर्माण सामग्री ढुवानीमा समस्या भएपछि सवारी सञ्चालनको पूर्वनिर्धारित समय केही पछाडि धकेलिएको बास्तोलाले बताए। बाढीले सुरुङमार्गका लागि ल्याइएका केही विद्युतीय सामग्रीसमेत बगाएपछि इलेक्ट्रोमेकानिकलतर्फको काम प्रभावित भएको थियो।

    “निर्माण सामग्री आएपछि टनेलभित्रको बाँकी काम तीव्र रूपमा अघि बढाउँछौँ। मङ्सिर १५ गतेभित्र सवारी सञ्चालन गर्ने लक्ष्य छ,” आयोजना प्रमुख बास्तोलाले भने।

    योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सौम्य आनन्दका अनुसार आयोजनाको भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत पुगेको छ।

    हालसम्म मुख्य सुरुङ तथा बाइपास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भर्ट र सुरुङभित्रको प्रिमेन्टलगायतका काम सम्पन्न भइसकेका छन्। सुरुङमा तीनवटा बाइपास निर्माण गरिएको छ। अब सुरुङको भित्री काम सम्पन्न भएपछि बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउने काम अघि बढाइने भएको छ।

    बाहिरी क्षेत्रमा पहिरो तथा ढुङ्गा खस्न नदिन रकसेड, रकफल ब्यारेियर र स्लोप प्रोटेक्सन निर्माण गरिनेछ। इलेक्ट्रोमेकानिकलसम्बन्धी काम भने अझै बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ।

    १ हजार १२६ मिटर लामो सुरुङ

    एक हजार १२६ मिटर लामो सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो भने २०७९ सालदेखि निर्माण सुरु गरिएको हो। आयोजनाको निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ। कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का लिएको हो।

    सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको क्षेत्र अत्यधिक पहिरो तथा ढुङ्गा खस्ने जोखिमयुक्त मानिन्छ। वर्षायाममा मात्रै होइन, सुक्खायाममा समेत सुक्खा पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या रहेकाले उक्त जोखिमयुक्त खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो।

    सुरुङ सञ्चालनपछि जोखिमयुक्त सडकबाट राहतको अपेक्षा

    सरकारको आफ्नै स्रोतमा निर्माण भइरहेको यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा हुने पहिरो तथा ढुङ्गा खस्ने जोखिमबाट यात्रुलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

    सुरुङ सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठान तथा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ। सिद्धार्थ राजमार्ग हुँदै दैनिक आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीका लागि समेत सुरुङमार्गले सुरक्षित र सहज यात्रा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

    लामो समयदेखि जोखिमयुक्त सडकका रूपमा चिनिएको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेसँगै मङ्सिरदेखि सुरक्षित यात्राको नयाँ विकल्प खुल्ने अपेक्षा गरिएको छ।

     
     
     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend