Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महिला संघले निर्णय नसच्चाए समानान्तर समिति बनाउने चेतावनी


२२, साउन २०८०
  • 184
    SHARES
  • महिला संघले निर्णय नसच्चाए  समानान्तर समिति बनाउने चेतावनी

    काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको केन्द्रीय नेतृत्वले विधान विपरित १२ जिल्लाका सभापतिलाई हटाएको भन्दै अर्को पक्षले आपत्ती जनाएको छ । 

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २० केन्द्रीय सदस्यले जिल्ला सभापतिलाई हटाउने निर्णय नसच्चाए देशभर समानान्तर समिति बनाउने चेतावनी समेत दिएका छन् ।

    महिला संघमा लामो समयसम्म संगठनमा काम गरेका नेता कार्यकर्तालाई पाखा लगाउने उदेश्यले कसैको निहित स्वार्थ पुरा गर्नका लागि महिला संघम विग्रह ल्याइएको उनीहरुको आरोप छ । 

    उनीहरुले तीन दिन भित्र उक्त निर्णय सच्चाउन अल्टिमेटम समेत दिएका छन् । विधानविपरित काम गरेको भन्दै संघकी अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्नुपर्ने केन्द्रीय सदस्य रिता शाहीले बताउनुभयो । 

    उहाँले यस बिषयमा पार्टीसभापतिलाई जानकारी गराउदा पनि कुनै पहल नभएको बताउनुभयो । संघकी अध्यक्ष मिश्रले सोलुखोम्बुमा छिल्हामु शेर्पा, बारमा सीता मैनाली, पर्सामा विद्या श्रेष्ठ, सिरहामा विमला निरौला, ताप्लेजुङमा मीना गुरुङ, इलाममा निर्मला सञ्जेल, महोत्तरीमा विना तिवारी, रौतहटमा भुवनी गिरी, कास्कीमा कोपिला रानाभाट, झापामा सुशीला ढकाल र हुम्लामा विजया बुढालाइ हटाउनुभएको थियो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend