Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दसैँ–तिहारअघि झापामा बजार अनुगमन तीव्र, कालोबजारी रोक्न सहुलियतमा खाद्यान्न बिक्री


१३, असोज २०८३
  • 51
    SHARES
  • दसैँ–तिहारअघि झापामा बजार अनुगमन तीव्र, कालोबजारी रोक्न सहुलियतमा खाद्यान्न बिक्री

    झापा । दसैँ, तिहार तथा छठ पर्व नजिकिएसँगै झापामा खाद्यान्नको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन तीव्र पारिएको छ। चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयले सरकारी स्वामित्वका संस्थानसँग समन्वय गरी खाद्यान्नको मौज्दात र वितरण व्यवस्थापन थालेको हो।

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वको समयमा बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने तथा कालोबजारी गर्ने गतिविधि हुन नदिन नियमित अनुगमनलाई प्रभावकारी बनाइएको बताए। सरकारी संस्थानसँगको समन्वयमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

    उनका अनुसार सहुलियत बिक्रीबाट विशेषगरी न्यून आय भएका परिवार तथा आमउपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ। बजार अनुगमनका क्रममा कैफियत भेटिए तत्काल सच्याउन लगाइने र उपभोक्ता हितविपरीतका गतिविधिमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, बिर्तामोडमा हाल सोना मन्सुली चामल दुई हजार ४०३ क्विन्टल, स्टिम जिरा चामल तीन हजार २३३ क्विन्टल र चिनी ४९५ क्विन्टल मौज्दात रहेको छ। माग र आवश्यकताअनुसार थप खाद्यान्न मगाइने कार्यालय प्रमुख राजबहादुर राईले बताए।

    चाडपर्व लक्षित सहुलियत बिक्रीअन्तर्गत जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको छ। जिरा मसिनो चामल प्रतिकिलो ८५ रुपैयाँ तथा सोना मन्सुली चामल ५७ रुपैयाँमा बिक्री भइरहेको छ। यस्तै, चिनी प्रतिकिलो ११० रुपैयाँ र नुनमा दुई रुपैयाँ छुटसहित २४ रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने व्यवस्था गरिएको छ।

    यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले झापाका २५ भन्दा बढी बिक्रेतामार्फत थोक मूल्यमा नुन तथा चिनी उपलब्ध गराउने जनाएको छ। कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेका अनुसार हाल १३ दशमलव ३० मेट्रिक टन नुन मौज्दात रहेको छ।

    प्रशासनले चाडपर्वको समयमा उपभोक्तालाई थप राहत पुग्ने गरी व्यापारिक संघसंस्था तथा निजी क्षेत्रका व्यवसायीलाई समेत स्वस्फूर्त रूपमा सहुलियत, छुट र राहतका प्याकेज घोषणा गरी कार्यान्वयन गर्न आग्रह गरेको छ।

    चाडपर्वको बढ्दो मागलाई आधार बनाएर कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि हुन नदिन प्रशासनले आपूर्ति व्यवस्थापनसँगै बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • पूर्वराष्ट्रपति भण्डारी रुपन्देहीमा, आज अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन गर्ने

    बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देही आइपुगेकी छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा आयोजना गरेको

  • बाढीले सिंगा तातोपानी कुण्डमा ठूलो क्षति, मुख्य स्नान याममै बन्द

    म्याग्दी । अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढी र पहिरोले बेनी नगरपालिका४ स्थित प्रसिद्ध सिंगा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend