Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पर्सामा ८५ प्रतिशत धान रोपाइँ


२३, साउन २०८०
  • 106
    SHARES
  • पर्सामा ८५ प्रतिशत धान रोपाइँ

    पर्सामा हालसम्म करिब ८५ प्रतिशत जग्गामा धान रोपाइँ भएको छ ।  पर्याप्त नभएपछि वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर किसानले अहिलेसम्म करिब ८५ प्रतिशत जग्गामा धान रोपाइँ गरेको कृषि ज्ञान केन्द्र वीरगञ्ज पर्साका प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिनुभयो । 

    “जिल्लाको दक्षिणी भेगका किसान गण्डक सिँचाइ आयोजनाबाट सिँचाइ गरी धान रोपाइँ गरिरहेका छन्”, प्रमुख कुशवाहाले भन्नुभयो, “अन्य भेगका किसान पानी तान्ने मोटर, पम्पसेट जडान गरेर धमाधम धान रोपाइँ गरिरहेका छन् ।” 

    तुलनात्मक रुपमा पर्साको ठोरी, पर्सागढी, बहुदरमाई र जगरनाथपुर गाउँपालिका क्षेत्रमा बढी धान रोपाइँ भएको उहाँको भनाइ छ । पर्सामा सिँचाइ सुविधा पुगेको ठाउँमा धमाधम रोपाइँ भइरहेपनि जिल्लाको उत्तरी, पश्चिमी भेगका अन्य कतिपय स्थानमा धान रोपाइँ हुन नसक्दा करिब १५ प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो रहेको प्रमुख कुशवाहाको भनाइ छ । 

    पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । तर वर्षा नहँुदा अहिलेसम्म ४० हजार ६० हेक्टरमा धान रोपाइँ भएको छ । 

    उहाँका अनुसार साउन महिनाको अन्तिमसम्म शतप्रतिशत जग्गामा धान रोपाइँ हुने अनुमान गरिएको छ । पर्सामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

    समयमा पर्याप्त वर्षा हुनु, किसान ढिलो गरी धानको बेर्ना तयार पार्नु, ढिलाइ गरी धान रोपाइँ गर्ने प्रवृति लगायतका कारणले धान रोपाइमा ढिलाइ भएको प्रमुख कुशवाहाको कथन छ । अधिकांश किसान अझै आकाशे पानीको प्रतिक्षामा छन् ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend