Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तीनदलले संसदलाई बन्धन बनाएको लामिछानेको आरोप


२३, साउन २०८०
  • 140
    SHARES
  • तीनदलले संसदलाई बन्धन बनाएको लामिछानेको आरोप

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले तीनदलले संसदलाई बन्धन बनाएको आरोप लगाउनुभएको छ ।  मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले तीनदलबीच कुरा मिल्दा एक हुने र कुरा नमिल्दा सदन नै अवरोध गर्ने देखिएको र संसदलाई नै बन्धन बनाउने काम भएको बताउनुभएको हो ।

    उहाँले सदनको समय तोकिएको समयमा नै सुरु गर्ने अवस्था सिर्जना गर्न सभामुखको ध्यानाकर्षण गराउदै विवादका बिषय सभामुख र तीन नेता बसेर समय भन्दा बढि नै मिलाउन सुझाव दिनुभयो । त्यस्तै लामिछानेले सुन प्रकरणमा अनुसन्धान गर्दा राज्यको निकायमा बसेका व्यक्तिहरुमाथि पनि छानविन गर्छ भन्ने प्रतिवद्धता गृहमन्त्रीले जनाउनुपर्ने धारणा राख्नुभयो ।

    उच्चस्तरीय छानविन समिति गठनको आवश्यकता छ की छैन भन्नका लागि पनि सदन चल्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । लामिछानेले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले अनुसन्धान गर्न भनिएका पूर्व प्रधानमन्त्री माधव नेपाललाई विदेश भ्रमणमा जान छूट दिएकोमा आपत्ति जनाउनुभयो । जहाजको सीटमा बसेका नेपाल सरकारका सचिवलाई पक्राउ गर्ने तर अदालतले अनुसन्धान गर्नु भनेको भोलिपल्ट पूर्वप्रधानमन्त्रीलाई विदेश भ्रमणमा जान छुट न्याय संगत नभएको उहाँको भनाइ छ ।

     त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीन दल मिलेर संसदीय समितिको भागबण्डा गर्नु संसदीय नियमावली बिपरित भएको बताउनुभयो । सरकारले गरेको अनुसन्धान पूर्ण नभएको भन्दै उहाँले सुन प्रकरणमा उच्चस्तरीय समिति बनाउन तयार हुनुपर्ने जिकिर गर्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अपूर्ण रहेको र ललिता निवास जग्गा प्रकरणमा कोहि मान्छे जोगाउने प्रयत्न भएको उहाले बताउनुभयो ।

    उहाँले सरकारका निकायले मात्रै गर्ने अनुस्न्धानले सुन प्रकरणको अनुसन्धान निष्कर्षमा पुग्न नसक्ने ठोकुवा गर्नुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend