Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसदलाई एमालेले बन्धक बनाउन खोज्यो : पूर्वउपसभामुख भुसाल 


२४, साउन २०८०
  • 340
    SHARES
  • संसदलाई एमालेले बन्धक बनाउन खोज्यो : पूर्वउपसभामुख भुसाल 

    बुटवल । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपसभामुख पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसदलाई बन्दक बनाउन खोजेको आरोप लगाउनु भएको छ । सुशासन भित्रपर्ने अपराध, प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै केहीदिन यता संसद अबरुद्ध हुँदै आएको प्रसंगलाई उठाउँदै उहाँले यस्तो बताउनु भएको हो ।  

    रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य समेत रहनु भएका भुसालले प्रदेश संरचना सञ्चालन लगायत विषयले केन्द्रीय राजनीतिलाई उथलपुथल गराउँदै आएको बताउनु भएको हो । साथै उहाँले जनताको प्रिय पार्टी बनाउनका लागि अहिले काँग्रेसले आफ्ना संगठनहरुलाई मजबुत बनाउन देशभर अभियान चलाएको स्पष्ट पार्नुभयो । सुशासन कायम राख्न समावेशी, समृद्धि आवश्यक रहेको भन्दै काँग्रेस विचारको रुपमा बलियो पार्टी भएको दावी गर्नुभयो । पार्टीको नेतृत्व परिवर्तनकोे बिषयमा बाहिर अनावश्यक टिका–टिप्पणि गर्नुभन्दा आवश्यक समय र ठाउँमा रहेर अगाडी बढ्दा पार्टीको हित हुने बताउनु भयो । 

    पूर्वउपसभामुख भुसालले हिजोको दिनमा गणतन्त्र र संसदमाथि प्रहार हुँदै जाँदा प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको उल्लेख गर्दै अहिले बर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोको प्रभाव, चरम महङ्गी लगायत जनजीविकाको अवस्था दयनीय बन्दै गएकाबेला संसदबाट समाधानका उपाय निकाल्दै सम्बोधन गर्नुपर्नेमा प्रमुख प्रतिपक्ष दल संसद अवरुद्ध तिर लाग्नु लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होईन भन्ने आशंकाका प्रश्नहरु उठिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “यस अर्थमा प्रतिपक्ष दलले आफ्नै समय बर्बाद गर्दै गएको छ । सदन प्रतिपक्षीको भएपनि दलहरुले सदुपयोग गर्न सकिरहेका छैनन्”

    भ्रष्टाचार र अख्तियार निवारण निर्णय काँग्रेसले गरेको भन्दै नेपाली कांग्रेस सधै सुशासनको पक्षमा रहेको पटक पटक दोहो¥याउनु भयो । भूसालले बिगतमा  ललिता निवास प्रकरण मात्रै होईन, ओम्नी, सेक्युरिटी प्रिटिंङ  प्रेस मेसिन खरिद प्रक्रियाको ७० करोड बारेमा कांग्रेसले संसदमा आवाज उठाएको तर संसद अबरोध नगरेको स्मरण गराउनुभएको थियो ।  

    उहाँले तत्काल सरकार परिवर्तन हुने कुनै सम्भावन नरहेको भन्दै यो ५ बर्षसम्म नै गठबन्धन सरकार टिक्ने जिकिर गर्नुभयो ।

    साक्षात्कारमा नेपाली काँग्रेस क्षेत्रीय सभापति क्षेत्र नं.१ का हिरावहादुर केसी, बिभिन्न संचारमाध्यमका पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend