Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रविधिमैत्री बनाउन विद्यालयलाई २२ लाख बराबरको सामाग्री हस्तान्तरण


२५, साउन २०८०
  • 250
    SHARES
  • प्रविधिमैत्री बनाउन विद्यालयलाई  २२ लाख बराबरको सामाग्री हस्तान्तरण

    अनिल नेपाली,
    अर्घाखाँची । मानिस समाज परिवर्तन र रूपान्तरण कुरा गर्छन् तर व्यबहारमा लागु नगरेर समाज दिनप्रतिदिन ओरालो तर्फ उन्मुख भएको हुन्छ तर अर्घाखाँचीको सन्धिखर्क  नगरपालिका -२ शंखेटारीमा रहेको भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख रुपैयाँ बराबरको सामाग्री सुर्यो नेपालले  हस्तान्तरण गरेको छ ।

    विद्यालयका पूर्व विद्यार्थीहरुको पहलमा सूर्य नेपाल नामक संस्थाले कम्प्युटर, ल्यापटप, प्रोजेक्टर लगायतका २२ लाख रुपैयाँ बराबरका सामाग्री विद्यालयलाई हस्तान्तरण गरेको हो ।  सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन तथा समयसापेक्ष शिक्षा प्रदान गर्नका लागि विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल सरकारका सहसचिव बाबुराम गौतम, कानुन उपसचिव हरिहर पौडेल, पूर्व विद्यार्थी नारायण गौतम, अनिल भुसाल लगायतको पहलमा ती सामाग्रीहरु विद्यालयलाई प्रदान गरिएको थियो । 

    आफूले पढेको विद्यालयमा केही सहयोग गर्नु पर्छ भन्ने मान्यताका साथ र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वृद्धि गर्न प्रविधीमैत्री सामाग्री हस्तान्तरण गरिएको विद्यालयका पूर्व विद्यार्थी तथा सामाग्री ल्याउन पहल गरेका बाबुराम गौतमले बताउनुभयो ।

    फ्लाक्स बोर्ड, क्यामेरा, डेक्सटप कम्प्युटर पाँच थान, प्रिन्टर चार थान, ल्यापटप चार वटा, टीभी दुई वटा, इन्भर्टर र ब्याट्रीलगायतका सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसाल र विद्यालयका प्रधनाध्यापक ध्रुव केसीलाई हस्तान्तरण गरिएको छ ।

    पूर्व विद्यार्थीहरुको पहलमा विद्यालयमा अत्यावश्यक सामाग्री प्राप्त भएको र यसले विद्यालयको पठनपाठनमा धेरै सजिलो हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालले बताउनुभयो । उहाँले प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई अध्यापन गराउन सहयोग पुग्ने र विद्यालयको गुणस्तरमा पनि वृद्धि हुने अपेक्षा गरेको बताउनुभयो पछिल्लो समयमा सामुदायिक विद्यालयहरुको गुणस्तर खस्किरहेको समयमा पनि यस विद्यालय जिल्लामै सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयहरुको सूचीमा पर्ने गरेको छ । विद्यालयले गत वर्षको एसईई परीक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका शिक्षक शोभाखर पन्थीले जानकारी दिनुभयो ।

    शिक्षाका कारण बसाइँसराइ बढेर गाउँका सामुदायिक विद्यालयहरु खाली हुँदै गइरहेका छन् । सामुदायिक विद्यालयहरु खाली भैरहेको समयमा विद्यार्थीहरुलाई आधुनिक तरिकाबाट शिक्षा प्रदान गर्न आवश्यक रहेको जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय कार्यालयका प्रमुख जीवनारायण कोइरालाले बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न र प्रविधिमैत्री बनाउन सबै लाग्नु पर्ने बताउनुभयो । २०१७ सालमा स्थापना भएको यस विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म झण्डै सात सय विद्यार्थी अध्ययनरत छन् । जिल्लाकै कानुन विषयको अध्यापन हुने यस विद्यालयमा शिक्षा, मानविकी, व्यवस्थापन कानुन विषयमा कक्षा सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक ध्रुव केसीले बताउनुभयो ।

    सामाग्री हस्तान्तरण कार्यक्रममा सन्धिखर्क-२ का वडाध्यक्ष मोतिजंग रायमाझी, पूर्वप्रधानाध्यापक नरेन्द्रकुमार क्षेत्री,  मुकुन्दराज आचार्य, भविश्वर खनाल लगायतको उपस्थिति रहेको थियो ।

    363872344_858729598920511_6680203574523143549_n.jpg
    undefined
    363658128_1222104401819131_9140373670275349846_n.jpg
    undefined

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend