Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रसिद्ध धार्मिक स्थल धारापानीमा आरतीः एक करोड बत्ती बालिने


२५, साउन २०८०
  • 237
    SHARES
  • प्रसिद्ध धार्मिक स्थल धारापानीमा आरतीः एक करोड बत्ती बालिने

    दाङ। प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा यही साउन २ गते देखि पुरुषोत्तम माहात्म्य प्रवचन एवम् शृङ्गारिक गंगा आरती बोलबम महोत्सव आयोजना गरिएको छ । मन्दिरमा सुरु भएको गंगा आरती हेर्ने भक्तजन तथा दर्शनार्थीहरुको बाक्लै घुइँचो लाग्ने गरेको छ ।

    यही साउन ३० गते १ करोड बत्ती बाल्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । दाताहरुको दानबाट संकलन भएको बत्ती बाल्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जसमा एक लाख बत्ती दान गर्ने दाताले आठ हजार आठ सय ८५ रुपैयाँ जम्मा गर्नुपर्ने छ । ५० हजार बत्ती दान गर्ने दाताले चार हजार आठ सय ५५ जम्मा गर्नुपर्ने छ भने २० हजार बत्ती दान गर्ने दाताले एक हजार ५ रुपैयाँ जम्मा गर्नुपर्ने आयोजकले जनाएको छ ।

    मलमासको समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा यसवर्ष पहिलो पटक सञ्चालन भएको हो । साउन २ गतेदेखि मन्दिरमा साँझ नियमित रूपमा शृङ्गारिक गंगा आरती, मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठलगायतका कार्य भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेशकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend