Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समयपरिस्थिति अनुसार चल्न नसके कांग्रेसलाई गाह्रो पर्न सक्छ :नेता सिंह


२५, साउन २०८०
  • 128
    SHARES
  • समयपरिस्थिति अनुसार चल्न नसके कांग्रेसलाई गाह्रो पर्न सक्छ :नेता सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयपरिस्थिति अनुसार चलन नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्न सक्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं प्रदेश १ ख र वडा नंवर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले कांग्रेस पुरानो पार्टी भएकाले इतिहासको मात्रै कुरा गरेर नपुग्ने भन्दै समयपरिस्थिति अनुसार चलन नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्न सक्ने बताउनुभएको हो ।

    उहाले जनताको गुमेको अधिकार फिर्ता ल्याएर कांग्रेसले परिवर्तनको नेतृत्व गरेकाले पार्टी गरेका कामलाई जनताले अनुभूति हुने गरि प्रचार प्रसार गर्नुपर्ने धारणा राख्नुभयो ।

    नेता सिंहले कांग्रेसका गतिविधि निकै खर्चिलो हुन थालेको भन्दै यसमा पनि सुधार गर्नुपर्ने बताउनुभयो । पार्टीभित्र एक अर्कालाई दोष लगाएर कोहि पनि बलियो हुन नसक्ने भन्दै उहाले पार्टीभित्रको बिमतिलाई औपचारिक तथा अनौपचारिक बैठकमा छलफल गर्नुपर्ने जिकिर गर्नुभयो ।

    नेता सिंहले पार्टी नेता तथा कार्यकर्ताहरु विधिपद्धती अनुसार हिड्नुपर्ने र जिम्मेवारबोधका साथ अघि बढ्नुपर्ने बताउनुभयो । 

     

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend