Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कोषको उपाध्यक्षमा नियुक्त भएका लामाको पहिलो निर्णय नै विवादित


२७, साउन २०८०
  • 223
    SHARES
  • कोषको उपाध्यक्षमा नियुक्त भएका लामाको पहिलो निर्णय नै विवादित

    रुपन्देही । देशकै गौरवमय एउटा सम्पदा हो भगवान सिद्धार्थ गौतम अर्थात् गौतमबुद्ध जन्मस्थल लुम्बिनी । जुन स्थान शान्तिको स्थलको रुपमा परिचित छ । जसको महत्त्वलाई अवलोकन एवं अध्ययनका लागि विश्वका बौद्ध धर्मालम्बिहरु लुम्बिनी आउने गर्छन् । तर विडम्बना, राज्यले लुम्बिनीलाई जुन तवरले विकास गर्नुपर्ने हो, त्यसरी हुन नसक्दा खासै नयाँ प्रगति हुन सकेको छैन् ।

    लुम्बिनीलाई कमाई खाने भाँडो बनाउने हालसम्मको चित्रण रहेको स्थानीयहरुको भनाई छ । आन्तरिक तथा बाह्य पर्यटकहरुबाट दान भएको आम्दानी बर्सेनि करोडौं उठ्छ, त्यसको सदुपयोग कहाँ गरिन्छ हामीले भौतिक विकासको मुहान कतै देखेका छैनौं  एक स्थानीयले भन्नुभयो ।

    तर पछिल्ला दिनयता लुम्बिनीको नाम केन्द्रका मूलधार र स्थानीय सञ्चारमाध्यममा समेत चर्चा बन्यो । कारण थियो लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति सम्बन्धमा । यसभन्दा पहिले विभिन्न विषयमा तानिएका ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) उपाध्यक्ष बनेपछि विवाद उत्पन्न भयो ।

    उहाँले गरेका विगतका क्रियाकलापले लुम्बिनीको विकास र गरिमामा आँच आउने भन्दै गुनासा पोखिए । उपाध्यक्ष बनेपछिको पहिलो बैठक साउन २६ गते (हिजो) बस्यो ।  विवादका बीच लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएका लामाको पहिलो निर्णय नै विवादित बन्न पुग्यो ।

    लामाकै अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौँमा खोल्ने प्रक्रिया थाल्ने निर्णय गरेपछि यतिवेला रुपन्देहीसहितका छिमेकी जिल्लामा यसको विरोध हुन थालेको छ । उपाध्यक्ष लामाले मायादेवी मन्दिरको जीर्णोद्धारका लागि व्यक्तिगत ७ करोड सहयोग गर्ने जनाएपनि सम्पर्क कार्यालय सार्ने निर्णय भने स्थानीयहरुका लागि अप्रिय बन्न पुगेको स्थानीय अजय कोइरीले वताउनुभयो ।

    केही समय अगडि कोषको काठमाडौँमा रहेको सम्पर्क कार्यालय बन्द गरी सबै कामकाज लुम्बिनीबाटै गर्ने सरकारको निर्णय थियो । तर, लामा उपाध्यक्ष भएको पहिलो बैठकमै सम्पर्क कार्यालय काठमाडौँमै खोल्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । सो निर्णयमाथि स्थानीय राजनीतिक दल, जनप्रतिनिधिहरु लगायतले आपत्ति प्रकट गरेका छन् ।

    स्थानीय भुपाल गुरुङले भने, होसियार सबै लुम्बिनी लैजाउ तर देशकै बिचित्र निर्णय नगर, सम्पत्ति र अस्तित्वमा हस्ताक्षर गर्नेहरुको मात्रै नभएको जनाउनुभयो । त्यस्तै अर्का ईश्वरी अधिकारीले पनि उक्त निर्णयमाथि टिप्पणी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहान प्रचण्डको नेतृत्वको सरकारले थालेको सुशासनको अभियानका क्रममा विवादित छविका व्यक्तिलाई उपाध्यक्ष वनाउनुमा केही स्वार्थ हुनुपर्ने भन्दै आमनागरिकको विरोधाभासपूर्ण आवाजलाई सुनुवाइ नगर्नु र उपाध्यक्षले पहिलो बैठकमा सरकारले पहिले रहेको कार्यालय बन्द गर्ने निर्णयलाई उल्टाउने निर्णय गर्नु लुम्बिनीको मर्म विपरीत भएको उल्लेख गर्नभयो ।

    तर यता लुम्बिनी विकास कोषका एक सदस्यका अनुसार पहिले सम्पर्क कार्यालय काठमाडौंमा थियो, त्यहाँ कर्मचारीहरु केन्द्रीकृत भए भनेर सरकारले बन्द गरायो । त्यो ठिक थियो । कर्मचारी केन्द्रीकृत हुनु हुँदैन, तर कार्यालय खोल्नुपर्ने आवश्यकता छ । गौतमबुद्ध अन्तर्राष्ट्रय विमानस्थल पूर्णरूपमा सुचारु नहुँदासम्म विदेशी पर्यटक आउने भनेकै काठमाडौंमा त्यसैले उनिहरुले सबैभन्दा पहिले लुम्बिनी सम्पर्क स्थान खोज्ने भएकाले यो निर्णय गरिएको वताइएको छ । 

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend