Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : महामन्त्री थापा


२७, साउन २०८०
  • 167
    SHARES
  • जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : महामन्त्री थापा

    भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । 

    प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका पूर्वनेता श्यामबहादुर कार्कीको १६औँ स्मृति दिवसको अवसरमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उहाँले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको मौलिक हक भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य उपचारको सुविधा सबै नागरिकले पाउनु पर्ने औँल्याउनुभयो ।

    स्व. कार्कीले प्रजातन्त्र स्थापनाका लागि पुर्याउनु भएको योगदानको स्मरण गर्दै महामन्त्री थापाले सामाजिक योगदानमा पनि कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा कोइरालाले राजनीतिक मात्रै नभई सामाजिक व्यक्तित्वका रुपमा चिनिनुहुने कार्कीलाई पार्टीले सधैँ सम्झिने बताउनुभयो ।

    कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले पार्टीका लागि र देशका लागि योगदान पुर्याउने कांग्रेसका नेता सधैँ जीवित रहने चर्चा गर्दै भक्तपुरको विकासमा कांग्रेसले पुर्याएको योगदान जनतामाझ लैजानुपर्ने बताउनुभयो ।

    कांग्रेसका जिल्ला सदस्य कवीर राणा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतले स्वर्गीय कार्कीको योगदानका बारेमा चर्चा गर्नुभयो ।

    प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति विष्णुराज कार्कीले स्थानीय गणेश आधारभूत विद्यालयमा अध्ययनरत एक सय १० विद्यार्थीलाई झोला, कापी, कलमलगायत सामग्री वितरण गर्नुभयो । सो अवसरमा ६४ जनाले रक्तदान गर्नुभएको थियो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend