Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सर्वोदय युवा क्लबद्धारा छत्रदेवमा वक्तृत्वकला


२७, साउन २०८०
  • 2,197
    SHARES
  • सर्वोदय युवा क्लबद्धारा छत्रदेवमा वक्तृत्वकला

    सुजन न्यौपाने, अर्घाखाँची । २४औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा छत्रदेव गाउँपालिकाको सहयोगमा श्री सर्वोदय युवा क्लबको आयोजनामा छत्रदेव गाउँपालिकामा वक्तृत्वकला शनिवार सम्पन्न भएको छ । पालिकाभित्रका माध्यमिक तह स्तरीय विद्यालयहरुको सहभागीतामा युवा परिवर्तनका संवाहक शिर्षकमा वक्तृत्वकला  भएको हो।

    छत्रदेवका ५ वटा सामुदायिक र एउटा संस्थागत  विद्यालय गरी ६ वटा विद्यालयहरु सहभागी भएका थिए । उक्त प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी छात्रा सदिक्षा थापा प्रथम, नेपाल शहिद मेमोरियल इङलिस बोडिङ स्कुलकी सुरक्षा सारु, द्वितीय हुँदा सरस्वती माध्यमिक विद्यालयकी सगुन श्रेष्ठ तृतीय भएका थिए।

    छत्रदेव गाउँपालिकाकी उपाध्यक्ष मनि पन्थीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सोही पालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ लगायतले बोल्दै शिक्षासँगै विद्यार्थीहरु कितावी ज्ञानमात्रै नभएर अतिरिक्त क्रियाकलाप हुन जरुरी रहेको औल्याउनु भएको थियो । क्लवका अध्यक्ष नारायण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लबका सदस्य गोकर्ण न्यौपानेले गर्नुभएको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend