देउखुरी । लुम्बिनी प्रदेश सभाको सचिवमा दुर्लभकुमार पुन नियुक्त हुनुभएको छ । सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आइतबार नेपालको संविधानको धारा १९५ बमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्ति गर्नुभएको हो ।
पुनले यसअघि प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हाली सक्नुभएको छ । कैलाली जिल्लामा जन्मिएका पुन माओवादीको शसस्त्र संघर्षका बेला ५ वर्ष भूमिगत भै सक्रिय राजनीतिक गर्नुभएको थियो ।
सचिब पुन नेपाल ल क्याम्पसबाट कानून विषयमा स्नातकोत्तर र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।