Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विधि र लोकतन्त्रको पक्षमा उभिन अनुरोधः नेता सिंह


२८, साउन २०८०
  • 187
    SHARES
  • विधि र लोकतन्त्रको पक्षमा उभिन अनुरोधः नेता सिंह

    काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक दल एवं मुलुकको शासन व्यवस्था लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनअनुसार सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । 

    काँग्रेसका पूर्वमहामन्त्री सिंहले प्रजातान्त्रिक विचार समाजको प्रतिनिधि मण्डलसँग आज आफ्नै निवास चाक्सीबारीमा भएको भेट तथा अन्तरक्रिया कार्यक्रममा मुलुकमा स्थापित लोकतन्त्र, नागरिक अधिकारसहित राष्ट्रको अस्तित्वमाथि नै सङ्कट आउन लागेकाले देशभरका प्रजातन्त्रवादी शक्तिबीच एकता हुन आवश्यक रहेको बताउनुभयो । 

    मुलुकमा व्याप्त विकृति, विसङ्गति, भ्रष्टाचार र कुशासनविरुद्ध राजनीतिक दलहरु एकजुट हुनुपर्ने खाँचो औँल्याउँदै उहाँले भन्नुभयो, “पैसाको बलमा पार्टी सङ्गठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुपर्ने चुनौती थपिएको छ । राजनीतिक दल र नेताभन्दा पनि माथि उठेर विचार, सिद्धान्त, नीति एवं नैतिकताको पक्षमा वकालत गर्न वैचारिक समाजका सदस्यहरूसहित प्रजातन्त्रवादी बौद्धिक समुदायको ध्यानाकर्षण गर्दछु ।”

    प्रजातन्त्रको अभावमा प्रजातान्त्रिक विचार समाजलगायतका वैचारिक नागरिक सङ्घ, संस्थाको अस्तित्वसमेत नामेट हुने प्रसङ्ग उल्लेख गर्दै नेता सिंहले मानवअधिकार र प्रजातन्त्रको रक्षाका लागि एकताबद्ध हुन सम्पूर्ण युवा, विद्यार्थी, पेसा व्यवसायीसहित नागरिक समाजसँग समेत अनुरोध गर्नुभयो । 

    समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्रप्रति बढ्दो खतरा, व्याप्त भ्रष्टाचार, राज्य संयन्त्रप्रति बढ्दो अविश्वास र राज्यका तीनै तहमा देखिएको अराजकताप्रति राजनीतिक दल र तिनका नेता सचेत रहनुपर्ने धारणा व्यक्त गर्दै लोकतन्त्र, मानवअधिकार र सुशासनको पक्षमा भेटघाट तथा अन्तरक्रियात्मक अभियान सञ्चालन गरेको स्पष्ट गर्नुभयो । 

    सो अवसरमा समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, सचिव प्रा.डा. अकलदेव मिश्रसहित सदस्यले देशको शिक्षा, स्वास्थ्य, बेरोजगारी, दुर्गम जनजीवनले भोगिरहेको दुःख–पीडालगायतका समसामयिक विषयमा कांग्रेस नेता सिंहको ध्यानाकर्षण गर्नुभएको थियो । अध्यक्ष वाग्लेको नेतृत्वमा वैचारिक समाजको नवनिर्वाचित प्रतिनिधि मण्डलले शीर्ष नेतासँगको भेटवार्तालाई निरन्तरता दिनेक्रममा यसअघि कांग्रेस नेता डा.शेखर कोइराला र अर्जुननरसिंह केसीसँग छुट्टाछुट्टै अन्तरक्रिया गरेको थियो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend