Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘सदन सञ्चालन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ’


२८, साउन २०८०
  • 191
    SHARES
  • ‘सदन सञ्चालन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ’

    काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूले अवरुद्ध सङ्घीय संसद्को बैठक सञ्चालन गर्न सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    कांग्रेस संसदीय दलको आज बसेको बैठकमा बोल्ने सांसदहरूले लामो समयदेखि अवरुद्ध राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक सञ्चालन गर्न कांग्रेसले नेतृत्वदायी पहलकदमी लिनुपर्ने बताउनुभएको नेता रामकृष्ण यादवले जानकारी दिनुभयो । 

    पछिल्लो समय यही साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरण सम्बन्धमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । लामो समय सदन अवरुद्ध हुँदा महत्त्वपूर्ण विधेयकको पारित प्रक्रिया अघि बढ्न नसकेको र जनजीविकाका सवाल उठाउन नपाएका सम्बन्धमा सांसदहरूले धारणा व्यक्त गर्नुभएको थियो ।

    कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले देशभरि फैलिएको डेङ्गी रोग र एडिनो भाइरस कन्जन्टिभाइटिस (आँखा पाक्ने) रोगको सङ्क्रमणको आवश्यक औषधि उपचार व्यवस्था गरी रोकथाम तथा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

    बैठकमा सांसदहरूले देशव्यापीरूपमा पशुचौपायामा फैलिएको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढङ्गले तत्काल कार्य गर्नाका साथै पीडित किसानलाई उचित राहत एवं क्षतिपूर्ति दिनसमेत सरकारसँग माग गर्नुभएको थियो । 

    सांसदहरूले बाढीपहिरो र डुबान प्रभावितको उद्धार, राहत र पुनःस्थापनाको अविलम्ब व्यवस्था गर्न, ध्वस्त भएका, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण गर्न, विभिन्न स्थानमा अवरुद्ध भएका सडक यातायात अविलम्ब सञ्चालन गर्नसमेत माग गर्नुभएको थियो ।

    यसैगरी बैठकमा सांसदहरूले सो पार्टीका सांसद डा सुनिल शर्माको पक्राउ अप्रत्यासित एवं आपत्तिजनक भएको बताउनुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार सांसद शर्मालाई शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसुरमा निवासबाटै पक्राउ गरेको थियो । सांसदहरूले पक्राउ पूर्जी नै नदिइकन उहाँलाई पक्राउ गर्नु गैरकानुनी भएको भनी टिप्पणी गर्नुभएको कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिनुभयो । यस सन्दर्भमा थप जानकारी लिई कांग्रेस संसदीय दलले भोलिको बैठकबाट धारणा प्रष्ट पार्ने जनाएको छ ।

    बैठकमा आज ३० सांसदहरूले आआफ्नो धारणा राख्नुभएको थियो । सोमबार बस्ने बैठकमा महामन्त्री, उपसभापति र सभापतिले आआफ्नो धारणा राख्नुहुने र बैठक सम्पन्न हुनेछ । कांग्रेस संसदीय दलको बैठक साउन २९ गते बिहान ११ बजे सङ्घीय संसद् भवन, ल्होत्से हल बानेश्वरमा पुनःबस्नेछ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend