Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बेलासे गाउँलाई जलवायु अनुकूलित बनाइँदै


२९, साउन २०८०
  • 285
    SHARES
  • बेलासे गाउँलाई जलवायु अनुकूलित बनाइँदै

    इलाम । इलामको बेलासे गाउँलाई जलवायु अनुकूलित गाउँ बनाउन काम थालिएको छ । इलाम नगरपालिकाको ११ स्थित सो गाउँलाई स्थानीयको पहलमा काम सुरुआत गरिएको हो । 

    क्यानाडा कोषकोे सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्र (नासाविके) इलामले बेलासेमा जलवायु अनुकूलनसम्बन्धी परियोजना सुरु गरेको हो । ‘नमूना जलवायु अनुकूलित गाउँमार्फत जलवायु उत्थानशीलता बढाइ प्राकृतिक तथा जलवायु परिवर्तन प्रेरित प्रकोपको प्रभाव न्यूनीकरण गर्ने’ ध्येय रहेको सो परियोजना आठ महिनासम्म सञ्चालन हुने जनाइएको छ ।

    यसका लागि स्थानीय समुदायलाई जलवायु अनुकूलित गाउँ निर्माणसम्बन्धी सचेतना बेलासेमा सम्पन्न भएको छ । नासाविके इलामका आयोजना प्रमुख हीराकाजी घलेले यो परियोजना सञ्चालनपछि स्थानीयलाई हुने फाइदाका बारेमा जानकारी गराउनुभएको थियो ।

    कार्यक्रम अधिकृत सुबोध निरौलाले परियोजनाले स्थानीयलाई सहजता र स्थानियको दैनिकीमा सहजता थप्ने बताउनुभयो । इलाम–११ का अध्यक्ष टासी जवेगुले हाल जलवायु परिवर्तनले असर गरेको जनाउँदै यो परियोजनाले वडावासीलाई फाइदा पुर्‍याउने बताउनुभयो । 

    झापा–इलाम द्रुत मार्गमा पर्ने बेलासे वरपर रहेका ५० घरपरिवार लाभान्वित हुने गरी परियोजना सञ्चालन गरिने छ । इलाम नगरपालिकाको साझेदारीमा सञ्चालन हुने परियोजनासम्बन्धी सचेतनासमेत स्थानीयलाई गरिसकिएको बताइएको छ ।

    परियोजनामार्फत बेलासेको बाँझो जमिन सिँचाइ गरी जलवायु अनुकूलित खेती प्रणाली अवलम्बन गरिने भएको छ । माइखोला आसपासको बेलासेमा सयौँ रोपनी जमिन बाँझै रहेको र त्यहाँ सिँचाइको व्यवस्था भएमा हराभरा बनाउन सकिने स्थानीय पदम लोक्तामले बताउनुभयो । 

    परियोजनामार्फत बाँझो जमिन सिँचाइका लागि माइखोलाको पानी सोलार लिफ्टिङ गरी ल्याइने भएको छ । कूल रु ६५ लाख ४५ हजार छ सय ३६ लागतमा सञ्चालन हुने परियोजनामा जलवायु प्रभावको बारेमा सचेतना, जलवायु अनुकूलन खेती प्रणाली, र जलवायु अनुकूलन गाउँको योजना निर्माण गरिने जनाइएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend