Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बालुवाटार प्रकरणमा मैले कुनै गल्ति गरेको छैन : अध्यक्ष नेपाल


२९, साउन २०८०
  • 155
    SHARES
  • बालुवाटार प्रकरणमा मैले कुनै गल्ति गरेको छैन : अध्यक्ष नेपाल

    काठमाडौं । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटार प्रकरणमा आफूले कुनै गल्ति नगरेको दाबी गर्नुभएको छ । युरोप भ्रमणपछि सोमबार बिहान स्वदेश फर्किएका नेपालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूले कुनै गल्ती नगरेको दाबी गर्नुभएकोे हो । 

    पूर्वप्रधानमन्त्री नेपालले ‘नबिराउनु नडराउनु मैले केही पनि विराएको छैन् । कुनै बदमासि गरेको छैन् । कुनै अपराध गरेको छैन्, कुनै भ्रष्टचार गरेको छैन् । कुनै पनि लेनदेन गरेको छैन्  । यो सबै स्थितिको कारणले गर्दा नआत्तिएको बताउनुभयो । 

    उहाँले  अहिले देश अन्यौलको अवस्थामा रहेको बताउदै छानबिनमा सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘के गरौलाँ भनेको के पो भयो भने जस्तो देशको स्थिती छ । बालुवाटार प्रकरणमा त्यो काम कुन प्रधानमन्त्रीको कार्यकालमा भएको हो भनेर भन्ने कुरामा संभवत मेरो नाम अरु भन्दा अग्रपन्तमिा पर्दछ । त्यस्तो केही बदमासि केही भएको छ भने त्यसको छानबिन होस् उहाँले भन्नुभयो । 

    ‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो । माधव नेपाल भाग्यो भनेर लेखे । माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपथ्र्यो । राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदमासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ ’ 

    उहाँले नेपाली राजनीतिमा निकै नै जटिला देखिएको भन्दै संसद अवरोध गर्न नहुने बताउनुभयो  ।  

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend