Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रतिनिधि सभा बैठक भदौ ३ गतेसम्म स्थगित


२९, साउन २०८०
  • 137
    SHARES
  • प्रतिनिधि सभा बैठक भदौ ३ गतेसम्म स्थगित

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि पनि अवरुद्ध भएको छ । नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो । गत साउन १० गतेदेखि एमालेले जारी राखेको अवरोध अझै पनि नहटेको हो । 

    एमालेले अवैध सुन प्रकरण छानबिनका लागि उच्च स्तरीय समिति बनाउन माग गर्दै आइरहेको छ । सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै छानबिन गर्ने अड्डी कसिरहेको छ । 

    तर एमालेले उच्च स्तरीय समिति नबनेसम्म संसद अगाडि बढ्न नदिने बताउँदै आएको छ । जसका कारण आजको बैठक पनि २५ मिनेट बसेर स्थगित गएको छ । आज पनि विषयमा प्रवेश नगरी संसद स्थगित गरिएको छ । 

    अबको बैठक भदौ ३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । यसअघिको समयमा बोल्दै पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई किन पक्राउ गरिँदैन अवैध सुन प्रकरणमा भन्दै सांसदहरुले आक्रोश पोखे । विशेष गरी एमालेका सांसदहरु एवं नेपाली कांग्रेसका सांसद डा। सुनील शर्माले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । आजको बैठकमा रास्वपाले पनि समर्थन गरेको थियो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend