Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालगन्जको विकासलाई प्राथमिकता दिएको छु : मुख्यमन्त्री चौधरी


३०, साउन २०८०
  • 304
    SHARES
  • नेपालगन्जको विकासलाई प्राथमिकता दिएको छु : मुख्यमन्त्री चौधरी

    बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगन्जको समग्र विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।

    नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “म पनि नेपालगन्जवासी भएकाले यो सहरको विकासका लागि म दत्तचित्त भएर लाग्ने छु, तपाईँहरू पनि आ–आफ्नो स्थानबाट लाग्नुहोस् ।”

    नेपालगन्ज सहर पश्चिम नेपालकै केन्द्रविन्दुमा रहेको र लुम्बिनी प्रदेशको प्रमुख औद्योगिक सहरका रूपमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले नेपालगन्जको समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    उहाँले नेपालगन्जको डुबान समस्या र बाँकेमा हुने गरेको राप्ती नदी, मानखोलालगायतका खोलाले गर्दै आएको कटान तथा डुबान न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक योजना बनाएको उल्लेख गर्नुभयो ।

    उहाँले प्रदेश सरकारले सबै जातजाति, भाषाभाषीको उत्थानका लागि बजेट विनियोजन गरेको जानकारी गराउँदै भन्नुभयो, “यहाँका चिडिमार, मगन्तालगायतका लोपोन्मुख जातजाति र समुदायका लागि पनि प्रदेश सरकारले बजेट विनियोजिन गरेको छ, बजेट कार्यान्वयनका लागि आवश्यक पहल गर्नुहोला ।”

    मुख्यमन्त्री चौधरीले भन्नुभयो, “म तपाईँहरूभन्दा बाहिर छैन, बाँके जिल्ला र समग्र प्रदेशको विकासका लागि के गर्दा राम्रो हुन्छ, तपाईँहरूले दिएको सुझावलाई मैले कार्यान्वयन गर्नेछु ।”

    कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बाँके जिल्लामा हुने गरेको डुबान तथा कटान न्यूनीकरणमा विशेष पहल गरिदिन मुख्यमन्त्रीलाई अनुरोध गर्नुभएको थियो । मुख्यमन्त्री चौधरी सोमबार नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा आयोजना भएको महाआरतीमा सहभागी हुनुभएको थियो ।   

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend