Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दाङको धारपानीमा गंगा आरतीः एक करोड दीप प्रज्ज्वलन गरिदै


३०, साउन २०८०
  • 333
    SHARES
  • दाङको धारपानीमा गंगा आरतीः एक करोड दीप प्रज्ज्वलन गरिदै

    दाङ। दाङको धारपानीमा जारी पुरुषोत्तम महात्म्य एवं श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सवमा मंगलवार ९आज० अन्तिम गंगा आरती तथा दिप प्रज्वलन हुने भएको छ । महामहोत्सव शुरु भएदेखी अत्यन्तै उत्साहपूर्ण भक्तजनहरुको सहभागितामा सञ्चालन गरिदै आइएको गंगाआरती तथा दिप प्रज्वलन बेलुका गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ। 

    अपराहन्न ४ बजेदेखी शुरु हुने गंगा आरतीमा एक करोड बढि दिप प्रज्वलन गरिने समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयो । शुरुमा महोत्सवको अन्तिम दिन एक करोड दिप प्रज्वलन गर्ने लक्ष्य भएपनि बत्ती बाल्न चाहने भक्तजनहरुको संख्या उल्लेख्य भएपछि एक करोड भन्दा बढि दिप प्रज्वलन गर्न थालिएको उहाँको भनाई छ । जसका लागि आज दिउँसो १२ बजे सम्म बत्ती बाल्न चाहने भक्तजनलाई नाम दर्ता गर्न समय छुट्याइएको थियो । 

    अधिक मलमासका समयमा मात्र सञ्चालन गर्न मिल्ने महा महोत्सव घोराही–५ धारपानी स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा गत साउन २ गतेदेखी सञ्चालन हुँदै आएको छ । मन्दिरको प्रचार प्रसार तथा धर्म र धार्मिक आस्था तप सुढृढ बनाउने उद्देश्यले सञ्चालित पुरुषोत्तम महात्म्य एवंं श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सवमा हजारौ भक्तजनको सहभागिता हुँदै आएको बताईएको छ ।

    शुरुमा महोत्सवमा दैनिक चारसय भक्तजनहरुको सहभागिता होला भन्ने अपेक्षा राखेको भएपनि हरेक दिन हजारौ भक्तजनहरु उपस्थित भएकोमा आफुहरुलाई काम गर्न थप हौसला मिलेको अध्यक्ष अधिकारीले बताउनुभयो। 

    महामहोत्सवमा अन्तर्राष्ट्रिय स्वर्णपदक बिभूषित पण्डित दाङ मसिनाका अमृतशरण देवाचार्यले पुरुषोत्तम महात्म्य प्रवचन दिइरहनुभएको छ । भने वाराणसी समूहले प्रत्येक दिन वेलुकी ६ बजेदेखी ७ बजे सम्म वैदिक श्रृङ्गारिक गंगा आरती गर्ने गरेको छ ।

    महामहोत्सव अवधिभर बिहान ६ बजेदेखी ७ सम्म पतञ्जली योग घोराही नगरसमितिको सहयोगमा योग प्रशिक्षण, ७ देखी ९ बजे सम्म मण्डव पुजा तथा हवन सञ्चालन, ९ देखी ११ बजे सम्म पुरुषोत्तम महात्म्य पाठ पारायण, ११ देखी दिउँसो ४ बजे सम्म संगीतमय लिलामय पुरुषोत्तम महात्म्य प्रवचन, बेलुकी ६ देखी ७ बजे सम्म पुरुषोत्तम एवं बोलबम महाआरती र बेलुकी ७ देखी ९ बजे सम्म संगीतमय लिलामय प्रवचन तथा भजन सञ्चालन गरिएको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो । 

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend