Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दाङमा बालविवाहको सङ्ख्या बढ्दो


३०, साउन २०८०
  • 114
    SHARES
  • दाङमा बालविवाहको  सङ्ख्या बढ्दो

    देउखुरी ।  विसं २०७६ वैशाख ३० गते गढवाकी एक बालिकालाई विवाह गरेको अभियोगमा जिल्ला अदालतमा बाल विवाह गरेको आरोपमा मुद्दा दर्ता भयो । अदालतले छानबिन प्रक्रिया अघि बढाए पनि प्रमाण कमजोर भएको र माग दाबी नपुग्ने आदेश जारी ग¥यो । 

    विसं २०७९ फागुन १४ गते घोराहीकी एक बालिकालाई बालविवाह गराएको अभियोगमा छ जनाविरुद्ध मुद्दा दायर गरिए पनि अदालतले विविध कारण जनाउँदै धरौटीमा छाड्न आदेश दियो । गत वर्षको चैतमा बङ्गलाचुलीकी एक बालिकालाई विवाह गरेकै अभियोगमा जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला अदालतसम्म मुद्दा पुग्यो ।

    अदालतले दुवै पक्षको बयान लिने र कानुनी प्रक्रिया अघि बढाउने काम जारी राखेको छ । विवाह गरेका दुवैको उमेर २० वर्ष नपुगेको हुँदा अलग रहने गरी धरौटीमा छाडिएको अदालतले जनाएको छ ।

    मुलुकमा मुलुकी फौजदारी तथा देवानीसहिता २०७४ जारी भएयता जिल्ला अदालतमा हालसम्म बालविवाहका १९ मुद्दा दर्ता भएकामा  झण्डै आधाभन्दा धेरै मुद्दामा पीडकले विभिन्न प्रलोभन र दबाबमा पारेर प्रमाण कमजोर बनाउनेदेखि बयान फेर्न लगाउनेसम्मका काम हुँदा बालविवाहमा पनि माग दाबी नपुग्ने भन्दै पीडक भनिएकाकै पक्षमा फैसला भएको छ । दर्ता भएको १९ मुद्दामध्ये माग दाबी पुगेर बालविवाह नै गरेको भन्दै जम्मा छवटा मुद्दा सदर भएको छ । 

    जसमा छ जना बालिकाले मात्रै न्याय पाएको देखिन्छ भने उनीहरूलाई परिवारमा पुनःमिलन गराउने र पीडकलाई कानुनअनुसार सजाय भएको छ । बालविवाहकै आंशिक दाबी पुग्ने दुई वटा मुद्दामा दुईजनालाई कारबाही भएको छ भने माग दाबी नपुगेको भन्दै ११ जनालाई सफाइ दिइएको छ । 

    उक्त विवादमा मुद्दा परेपनि धेरै बालविवाहका मुद्दामा अन्ततः पीडक भनिएकाले सफाइ पाउने प्रवृत्ति बढ्दै गएको देखिएको छ । बालविवाहसम्बन्धी मुद्दामा पीडितले बयान फेर्ने क्रम पनि बढ्दै गएको पाइएको छ । पीडितले न्याय पाउनाको साटो अनेक दबाब दिएर र  प्रलोभन देखाएर अदालतमा बयान फेर्न लगाउने क्रम बढ्दै जाँदा प्राप्त प्रमाणका आधारमा गरिने कानुनी न्याय निरुपणमा पनि प्रश्न गर्ने ठाउँ बढ्दै गएको देखिएको हो । 

    अधिवक्ता अर्जुन अधिकारीका अनुसार पीडित बालिका र उनका परिवार निम्न आयभएका, कानुनी ज्ञान कम भएका हुने र चारैतिरबाट मिल्नकै लागि दबाब आउने हुँदा समाजमा आफ्नो छबि बचाउन बाध्यतामा परेर बयान फेर्ने गरेको पाइन्छ । आर्थिक अवस्था कमजोर भएकालाई प्रलोभनमा पार्ने र बयान फेर्न बाध्य बनाउने गरिएको उहाँको भनाइ थियो । 


    बालविवाह मुद्दाका सम्बन्धमा कानुनबमोजिमको अधिकारमा रही न्याय निरुपण गर्ने काम गर्दै आएको न्यायाधीश कृपासुर कार्कीले बताउनुभयो । सकेसम्म अदालतसम्म न्यायका लागि कोही पनि आउन नपरोस् भनेर सचेतनाका कार्यक्रम वृहतरुपमा लैजान र कानुनी ज्ञानका कार्यक्रम पनि गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

    प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार आफन्त, चिनेजानेकाबाट धेरैजसो बालविवाहका घटना हुने गरेको छ ।  जिल्ला प्रहरी कार्यालयले विद्यालय, विभिन्न टोलमा पुगेर सचेतनाको कार्यक्रम सञ्चालन गर्ने गरेको बताउनुभयो । यसैगरी सामाजिक सञ्जाल दुरुपयोगले पनि यस प्रकारका घटना हुने गरेको उहाँको भनाइ थियो ।

    यस खालका घटना न्यूनीकरणका लागि अभिभावक, परिवार, समाज नै जिम्मेवार हुनुपर्नेमा प्रहरी उपरीक्षक वलीले जोड दिनुभयो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend