Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन असोजमा 


३१, साउन २०८०
  • 249
    SHARES
  • बुटवल उद्योग वाणिज्य संघको अधिवेशन असोजमा 

    बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन असोजमा गरिने भएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन आगामी असोजको १५, १६ र १७ गते गर्ने निर्णय गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी दिनुभयो ।

    संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा तथा अधिवेशनको लागि कार्यसमिति सदस्य संयोजक रहेको विभिन्न तयारी समिति गठन गरिएको छ । अधिवेशन सम्पन्न गर्नको लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डे संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ ।

    साधारण सभामा पेस गर्ने प्रस्ताव लेखनको लागि प्रतिक पोखरेल संयोजक रहेको प्रस्ताव समिति, किट व्याग तथा रेजिष्ट्रसनमा प्रकाशकुमार श्रेष्ठ, सदस्यता मत सर्वेक्षणको लागि संजय कलवार जयसवाल, खाना तथा जलपान समितिमा निर्मित कसजू, स्वागत तथा व्याच व्यवस्थापनमा जमुना पौडेल, निमन्त्रणा कार्ड व्यवस्थापनको लागि सुमोदमान सैंजू, हल तथा मञ्च व्यवस्थापनको लागि नरेशकुमार श्रेष्ठ संयोजक रहेको समिति गठन गरिएको हो ।

    संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार मुल्यांकनको लागि संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल र उत्कृष्ट उद्योगी व्यवसायी सम्मानको लागि सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको महासचिव भट्टराईले जानकारी दिनुभएको छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend