Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा


३२, साउन २०८०
  • 166
    SHARES
  • लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा

    दाङ । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । पहिलोचरण आगामी भदौ १–१५, दोस्रो चरण भदौ  १६–२५ र तेस्रो चरण भदौ २६ देखि मङ्सिर १५ मा विभिन्न कार्यक्रम आयोजना हुने लुम्बिनी प्रदेश कमिटिको बैठकले निर्णय गरेको छ  । 

    अभियानलाई प्रभावकारी बनाउन १२ लक्ष्य र १२ उद्देश्य तय गरी कार्यविधि निश्चित गरेको पार्टीका केन्द्रीय सदस्य जगप्रसाद शर्माले बताउनुभयो । प्रदेश अध्यक्ष सुदर्शन बरालको अध्यक्षता र केन्द्रीय सचिव प्रदेश इन्चार्ज हितमान शाक्यको आतिथ्यतामा बसेकोे बैठकले १२ जिल्लाका १०९ पालिकामा पार्टी सङ्गठन सुदृढ गर्ने, ९८३ वडामा पार्टी सङ्गठन सुदृढ एवं विस्तार गर्ने, पार्टी सदस्यलाई परिचालन गर्ने र जनतामा पुग्ने अभियानमा प्रदेशमा रहेका केन्द्रीय सदस्य आफ्नो जिल्लाबाट अर्को जिल्लामा गएर पालिकाको नेतृत्व गर्ने निर्णय भएको छ । 

    त्यस्तै प्रदेश सदस्यहरुले वडाको नेतृत्व गरी अभियान टिम निर्माण गर्ने, अभियानमा पार्टीका सबै संरचनालाई परिचालन गरी ‘घरघरमा माओवादी जन,जनमा माओवादी’को नारालाई सार्थक बनाइने छ । अभियानका लागि दाङको संयोजकमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्यूठानको संयोजकमा निर्मल आचार्य, रुकुमपूर्वको संयोजकत्वमा कमला रोका, रोल्पामा पूर्ण घर्ती, गुल्मीमा जोखबहादुर महरा, अर्घाखाँचीमा वामदेब क्षेत्री, पाल्पामा कृष्णध्वज खड्कालाई जिम्मा दिइएको छ ।

    त्यस्तै नवलपरासी पश्चिममा हकिकुल्ला खाँ, रुपन्देहीमा गणेशमान पुन, कपिलबस्तुमा महेश्वर गहतराज, बाँकेमा कुलप्रसाद केसी र बर्दियामा पूर्णकुमारी सुवेदीलाई संयोजक तोकिएको छ । त्यस्तै जगप्रसाद शर्माको नेतृत्वमा अनुगमन तथा प्रशिक्षणको टिम निर्माण गरिएको छ । 

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend