Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलमा मिडिया सम्मेलन: मिडियासँग सहकार्य गर्न तयार छौं- मुख्यमन्त्री चौधरी


१, भदौ २०८०
  • 145
    SHARES
  • बुटवलमा मिडिया सम्मेलन: मिडियासँग सहकार्य गर्न तयार छौं- मुख्यमन्त्री चौधरी

    बुटवल । लुम्बिनी प्रदेशको विकासमा मिडियाको भूमिका र वर्तमान अवस्था विषेयक मिडिया सम्मेलन बुटवलमा शुरु भएको छ । प्रकाशक तथा प्रसारण संघद्धारा आयोजना गरिएको सम्मेलन लुम्बिनी प्रदेशमा पहिलोपटक भएको हो । 

    सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले उद्घाटन गर्नुभएको हो। उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले मिडियाहरुले प्रदेशमा पर्यटक भि¥याउन आवाज उठाउनुपर्ने, प्रदेश सरकारका राम्रा कामहरुको प्रचार गरिदिने, नराम्रामा काम खबरदारी गर्नुपर्ने र ययार्थ कुराहरु लेख्न आग्रह गर्दै मिडियासँग सहकार्य गर्न तयार रहेको वताउनुभयो ।

    लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्यउद्देश्यसहित आयोजना गरिएको सम्मेलनमा लुम्बिनी प्रदेशका छापा, विद्युतीय (रेडियो) र टेलिभिजन तथा अनलाइन मिडियाहरुका सञ्चालक एवं पत्रकारहरुको सहभागीता रहेको छ।

    विष्णुप्रसाद भुसालको स्वागत मन्तव्यबाट शुरुको भएको कार्यक्रममा बोल्दै प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले लोककल्याणकारी विज्ञापनको दायरा बढाउनुपर्ने, राज्यले लोककल्याणकारी विज्ञापन सेवा रासी नदिएसम्म श्रमजिबी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न नसकिने प्रतिक्रिया दिनुभयो ।

    अध्यक्ष कुँवरले  कोभिड-१९ पछिको अवस्था सबै क्षेत्रमा नराम्रो असर पर्दै जाँदा मिडिया क्षेत्रमा झन नराम्रोसँग असर परेको वताउनु भयो ।

    हिमाल खवर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितले नेपाली पत्रकारितामा वैचारिक संटकता भएको भन्दै पत्रकारले केहि छैन भन्न थाले देश डुब्ने समेत जिकिर गर्नुभयो ।

    वरिष्ठ पत्रकार एवं दैनिक पत्रका सञ्चालक बालकृष्ण चापागाँईले नेपाल पत्रकार महासंघले प्रकाशक र प्रकाशनको बारेमा काम गर्न नसकेको वताउँदै, मिडिया नभएपनि पत्रकार भइरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो महासंघले सदस्यत वितरण गरिरहन्छ । त्यसैले पत्रकारको संख्या घट्दैन । साथै चापागाँईले सञ्चारसंस्थामा जाने विज्ञापन बिच बाटोबाटै गायब हुनाले ठुलो लगानीका मिडिया हाउसहरु दयनीय अवस्थामा पुगेको उल्लेख गर्नुभयो । 

    सम्मेलनमा छापा माध्यम, विद्युतीय तथा अनलाइन प्रकाशन तथा प्रसारण संस्थाहरुबाट करिव १२५ जना सञ्चालक तथा प्रकाशकहरुको सहभागिता रहेको आयोजकले बताएको छ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend