काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेकपा एमालेको सरकार आएदेखि नै देशमा अव्यवस्थित प्रणालीको प्रवेश भएको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ३ (२) प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेश सम्मेलन कार्यक्रममा मन्त्री महतले एमाले अध्यक्ष केपी ओलीले देखाउनका लागि अनाश्यक क्षेत्रमा बजेट छुट्याउँदा देशमा समस्या थपिएको बताउनुभयो ।
मन्त्री महतले देखाउनको लागि अनावश्यक क्षेत्रमा बजेट छुट्याउने तर समयमा नदिने र आवश्यक क्षेत्रलाई नसमेट्ने काम गरेको भन्दै एमालेको सरकार आएदेखि नै धेरै देशमा अव्यवस्थाको सिस्टम प्रवेश गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो,‘ओलीको सरकार आएदेखि नै धेरै अव्यवस्था हाम्रो सिस्टममा प्रवेश भयो देखाउँने कुरा गर्ने ठूला ठूला सानोले पुग्ने ठाउँमा छ । अर्बौको भवन आवश्यकता नै नभएको टावर अरबौको । त्यसको कुरालाई प्राथमिकतामा राखेर अर्को वर्ष दिउला ठेक्कामा लगाउँ भन्ने । यो कुरालाई अनुशासनमा ल्याउँन खोजेको हुँ ।’
मन्त्री महलतले सामाजिक सञ्जालबाट एक अर्कालाई गाली गर्ने लोकप्रियता पछि दौडिने जस्ता काम बन्द गर्न सके नेपाली कांङग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘हामीले सामाजिक सञ्जालबाट एक अर्कालाई गाली गर्न लान्छना लगाउँन सस्तो लोकप्रियता पछि दौडिन हामीले बन्द गरौं । वडा,प्रदेश,केन्द्रको नियमित छलफल गरेर निर्णय निकालेर जाने हो भने नेपाली कांङग्रेसलाई एक नम्बर पार्टी मात्र होईन एक्लै बहुमत ल्याउने पार्टी हुनबाट कसैले रोक्न सक्दैन् । ’
थोरै श्रोत साधनबीच काम गर्नुपरेकाले चाहेजस्तो सबै ठाउँमा बजेट विनियोजन गर्न नसकेको भन्दै पुगेसम्म कोसिस गरेको उहाँको भनाइ छ ।