Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रदेशसभा सदस्यको मूल्याङ्कन गर्दै जनमत पार्टी


२, भदौ २०८०
  • 136
    SHARES
  • प्रदेशसभा सदस्यको मूल्याङ्कन गर्दै जनमत पार्टी

    काठमाडौँ । जनमत पार्टीले स्थानीय प्रदेशसभा सदस्यहरुको मूल्याङ्कनका लागि आज मतदान गराउँदैछ ।

    जनमत पार्टीबाट निर्वाचित १६ प्रदेशसभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्याङ्कन भइरहेको सो पार्टीका सचिव बीपि साहले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रत्यक्ष तथा समानुपातिकसहित सबै प्रदेशसभा सदस्यको क्षेत्रमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो । जनमत पार्टीका प्रदेशसभा सदस्यले राम्रो काम गरेको वा नगरेको मूल्याङ्कन पार्टीका नेता तथा कार्यकर्ताले मतदानमार्फत गर्दैछन् ।

    ‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्याङ्कनका लागि पहिलो पटक अनुमोदन मूल्याङ्कन गर्दैछ । “सोह्रवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकारी खटाइएका छन् ।

    साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ”, सचिव साहले भन्नुभयो । पचास  प्रतिशतभन्दा कम मत ल्याउनेमाथि ‘राइट टु रिकल’को प्रक्रिया सुरु हुने उहाँको भनाइ छ । 

    “आज भइरहेको मतदान राइट टु रिकलको एउटा प्रक्रिया हो । यसमा फेल हुने सांसदमाथि कारवाही प्रक्रिया सुरु हुनेछ”। सचिव साहले भन्नुभयो– “यो पहिलो वर्ष भएकाले अहिले नै हटाइ हाल्ने त होइन,तर यो मतदानको परिणामले ठूलो महत्व राख्छ ।”

    जनमत पार्टीले यसअघि आफ्ना निर्वाचित स्थानीय जनप्रतिनिधिको पनि अनुमोदन मूल्याङ्कन गराएको थियो । यस क्रममा २१ जनप्रतिनिधि उत्तिर्ण तथा एक जना अनुत्तिर्ण भएको सो पार्टीले जनाएको छ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend