Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रचण्डको सरकारले जनताको पक्षमा काम गरेको छ : सचिव शाक्य


२, भदौ २०८०
  • 330
    SHARES
  • प्रचण्डको सरकारले जनताको पक्षमा काम गरेको छ :  सचिव शाक्य

    मानसिह बिक ,देउखुरी । नेपाल कम्युनिस्ट पार्टी माओवादी सचिब हितमान शाक्यले माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार रहेको बेला माओवादीको सरकार जनताको सरकार भन्ने जनतामा छाप बसेकोले सरकारका बिरुद्ध हुने सबै खाले प्रतिगामी शक्तिका बिरुद्धमा रक्षार्थका लागि एक ढिक्का भएर लाग्न निर्देशन दिनुभयो ।

    माओवादी सरकार नेपालको जनयुद्ध सफल बनाउन जनबर्गिय सङ्गठनहरुको पार्टीको आधारभुत संगठन भएकोले शान्तिपूर्ण राजनितिमा सबै जनबर्गिय संगठनको परिचालनमा पहिलो प्राथमिकता दिएको बताउनु भयो । शाक्यले नेकपा माओवादी केन्द्रको घर घरमा माओवादी केन्द्र, जन जन माओवादी केन्द्र बिशेष रुपान्तरण अभियानको शिलशिलामा लुम्बिनी  प्रदेश पार्टीको आयोजनामा भएको जनबर्गिय संगठनको अध्यक्ष र इन्चार्जहरुको समन्वयात्मक बैठक लाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

    उहाँले माओवादीको तिन महिने अभियानमा जनताको घर घर सम्म पुगेर गहिरो छलफल गरि पार्टी र नेताहरु रुपान्तरण हुनु पर्ने समेत बताउनु भयो । जनतामा माओवादीको बिचार, राजनितिले समाज आमुल परिबर्तन भएको बताउनु भयो । बैठकमा लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले लुम्बिनी प्रदेशको पार्टी नया बनाउन र जनताको घर घरमा जानेको लागि कार्य योजना निर्माण गरेको बताउँदै अब लाग्नका लागि लाग्न निर्देशन दिनु भयो ।

    बैठकमा स्थायी समिति सदस्य जोखबहादुर महरा, केन्द्रीय सदस्य निर्मल आचार्य लगायतको उपस्थिति रहेको थियो । 

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend