Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक बस्दै


३, भदौ २०८०
  • 121
    SHARES
  • नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक बस्दै

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने छ । 

    महासचिव घनश्याम भुसालले बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने जानकारी दिनुभयो । 

    उहाँले बैठकमा सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा, पछिल्लो समयमा विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको विश्लेषण, आसन्न केन्द्रीय कमिटी बैठक र पार्टीको महाधिवेशनको निर्णय गर्ने विषयमा छलफल गरिने बताउनुभयो ।

    समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा देखिएका चुनौती कार्यान्वयनका लागि शीर्षनेतालाई बैठकले जिम्मेवारी प्रदान समेत गर्ने छ । पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौँमा बोलाइएको महासचिव भुसालले जानकारी दिनुभयो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend