Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पूर्वप्रधानमन्त्रीहरुसँग सोधपुछ नगरी प्रतिवेदन बुझाउने सीआईबीको तयारी


३, भदौ २०८०
  • 199
    SHARES
  • पूर्वप्रधानमन्त्रीहरुसँग सोधपुछ नगरी प्रतिवेदन बुझाउने सीआईबीको तयारी

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । यस प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईको बयान लिन सर्वोच्चले आदेश दिए पनि सीआईबीले उनीहरुलाई सोधपुछ समेत नगरी प्रतिवेदन बुझाउने तयारी गरेको छ।

    सर्वोच्च अदालतको साउन २१ को फैसलाले पूर्वप्रधानमन्त्रीहरु भट्टराई र नेपालसँग बयान लिन प्रहरीलाई बाटो खुलेको थियो। ललिता निवास प्रकरणमा नीतिगत निर्णय गर्नेमाथि पनि छानबिन गर्न अख्तियारले आदेश दिएको थियो। तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको पालामा ललिता निवास सम्बन्धी निर्णयहरु मन्त्रिपरिषद्‌बाट भएका थिए। यद्यपि सर्वोच्च अदालतको आदेशमुताबिक नेपाल र भट्टराईमाथि छानबिन गर्न प्रहरी संयन्त्र हिच्किचाएको हो।

    साउन २९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सीआईबी उनीहरुको बयान लिनबाट पछि हटेको स्रोत बताउँछ। नेपाल र भट्टराई दुवैले अनुसन्धानमा सघाउने बताए पनि सत्ता  गठबन्धनको बैठकमा उनीहरुले बयान नदिएरै मुद्दा मिलाउने गरी छलफल भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए। 

    नेपाल युरोप भ्रमणबाट फर्किएपछि साउन २९ गते साँझ नै बालुवाटारमा बैठक बसेको थियो। सोही बैठकले उनीहरुले बयान दिन नपर्ने गरी उपाय खोजिएको स्रोतको दाबी छ। सीआईबीले आजै प्रतिवेदन बुझाउने तयारी गरेको स्रोतले जनाएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend