Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ 


४, भदौ २०८०
  • 167
    SHARES
  • कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ 

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । 

    संबैधानिक व्यवस्थाअनुसार उहाँले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । विश्वासको मत लिन थापाले शुक्रबार कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराउनुभएको थियो । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ ।

    सभामुख बाबुराम गौतमलाई राजिनामा गराएर गठबन्धनले साउन १६ गते मुख्यमन्त्री दाबी गरेको थियो । गठबन्धनका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । विपक्षमा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ सांसद छन् । 

    विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्रीले विपक्षीलाई पत्र पठाउनुभएको छ  । ६ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन पाउनेमा मुख्यमन्त्री थापा आशावादी देखिनु भएको छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend