Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मंगलबार सर्वदलीय बैठक बस्दैँ


४, भदौ २०८०
  • 258
    SHARES
  • मंगलबार सर्वदलीय बैठक बस्दैँ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउनुभएको छ । राष्ट्रपति पौडेलले संसदीयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई मंगलबार बिहान सर्वदलिय बैठकमा बोलाउनुभएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन् ।

    ‘संसदको जारी अवरोध कसरी हटाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न राष्ट्रपतिले मंगलबार बिहान ८:३० बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई शीतल निवास बोलाउनु भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले भने ।

    राष्ट्रपति पौडेलले सोही विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पनि आइतबार साँझ कुरा गर्नुभएको थियो । त्यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई साउन २५ गते, साउन २६ गते संघीय संसदअन्तरगत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग, साउन ३१ गते प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गतेदेखि संघीय संसदका दुबै सदन अवरुद्ध गर्दै आएको छ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend