Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने


४, भदौ २०८०
  • 171
    SHARES
  • समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

    काठमाडौँ । समाजवादी मोर्चाले यही भदौ ८ गतेदेखि सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ ।

    आज बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको उक्त मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार बैठकले यही भदौ ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनी प्रदेशको बुटवलमा, १३ गते सुदूपश्चिम प्रदेशको धनगढीमा, १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकी प्रदेशको पोखरामा, २३ गते बागमती प्रदेशको हेटौँडामा तथा २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय गरेको छ । 

    सोही घोषणासभाबाट प्रदेश मोर्चाको गठन गरिने निर्णय भएको उपाध्यक्ष हमालले बताउनुभयो । बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम, सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्नेलगायतका विषयमा छलफल भएको जनाइएको छ । 

    मोर्चामा नेकपा (माओवादी केन्द्र),जनता समाजवादी पार्टी (जसपा),नेकपा (एकीकृत समाजवादी) पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध छन् ।   

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend