Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री शर्मा


८, भदौ २०८०
  • 149
    SHARES
  • समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री शर्मा

    कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म अनुसार तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक भएको बताउनुभएको छ ।

    कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘साक्षर कर्णाली प्रदेश तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले यहाँको शिक्षाको स्थिति अन्य प्रदेशभन्दा पछाडि नै रहेकोहुँदा यसलाई माथि उकास्न आवश्यक छ भन्नुभयो ।  

    “समस्या र अभाव छ, त्यहाँ सरकार हुुनुुपर्दछ”, उहाँले भन्नुभयो, “यसमा तीन तहको सरकारको त्यत्तिकै भूमिका छ । तीनै तहको सरकारको उद्देश्य भनेकै आमनागरिकलाई खुसी तुल्याउनु हो । सामाजिक न्यायको अनुभूति गराउनु हो ।” ज्ञानका लागि शिक्षा चाहिएको र शिक्षाले नै नागरिकलाई साक्षर बनाउने हो भन्दै मुख्यमन्त्री शर्माले आर्थिक, सांस्कृतिक र सामाजिक न्यायका लागि तीनै तहका सरकारले कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

    सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले प्रदेश सरकारले कर्णाली प्रदेशलाई साक्षर प्रदेश बनाउने नीति तथा कार्यक्रम ल्याएकाले सङ्घ सरकारसहितका सरोकारवालालाई सहयोग गर्न अपिल गर्नुभयो । शिक्षा हरेक क्षेत्रको प्रमुख आधार भएको जनाउँदै उहाँले यसमा सरकारले विशेष जोड दिने तयारीमा लागेको जनाउनुभयो ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका महानिर्देशक चुडामणि पौडेलले पहुँचलाई सुनिश्चिता र सबैका लागि शिक्षा भन्ने मूल नारालाई सरकारले अगाडि बढाएको बताउनुभयो । “हिमाली जिल्लामा आवासीय विद्यालयको व्यवस्थापन गर्ने भनिएको छ”, उहाँले भन्नुभयो, “ती विद्यालयलाई एक ठाउँमा ल्याएर दरबन्दी सिर्जना गरी शिक्षकको व्यवस्थापन गरौँ र सबैलाई शिक्षाको पहुँचमा ल्याऔँ ।” प्राविधिक विद्यालय नपुगेका पालिकामा प्राविधिक विद्यालय स्थापनामा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend