Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या


८, भदौ २०८०
  • 238
    SHARES
  • हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या
    नेपालगञ्ज । बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगञ्जले करिब तीन महिनाअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका असिटेन्ट केमिष्ट गोपाल रेग्मीले जानकारी दिनुभयो । खास गरी बाँकेको डुडुवा गाउँपालिका तथा बर्दियाका राजापुर, मधुवन र गेरुवा गाउँपालिकामा हाते पम्पबाट आउने खानेपानीमा फाटफुट मात्रामा आर्सेनिक देखिएको हो ।  
     
    पानी प्रयोगशालाका अनुसार बाँकेका केही स्थानमा खानेपानीमा क्याल्सियमको मात्रा पनि बढी देखिएको छ । खानेपानीमा चुनको मात्रा बढी हुनेलाई क्याल्सियम धेरै भएको मानिएको छ । चुनको मात्रा बढी हुँदा खानेपानीको पाइप जाम भएको समेत बताइएको छ । बाँकेको कोहलपुरमा सो समस्या देखिएको रेग्मीले जानकारी दिनुभयो । पानी परीक्षणका क्रममा खानेपानीमा कोलिफर्मको मात्रा पनि देखिएको प्रयोगशालाले जनाएको छ । केही नमूनामा त्यस्तो देखिएको उहाँले बताउनुभयो । “शौचालय, गाई गोठ नजिक हाते पम्पबाट आउने खानपानीमा त्यस्तो कोलिफर्म देखिन सक्छ”, उहाँले भन्नुभयो । 
    खानेपानी प्रयोगशालाले फिल्डमा गएर र कार्यालयमा आएका खानेपानीका नमूना हेरेर लुम्बिनी प्रदेश बाहेक हुम्ला, जुम्ला र डोल्पा, जाजरकोटको पानी पनि परीक्षण गर्दै आएको छ । नेपाली सेना, नेपाल प्रहरी, खानेपानीका उपभोक्ता समिति, गैरसरकारी संस्थाले कार्यालयमा ल्याएको खानेपानीसमेत परीक्षण हुने गरेको रेग्मीको भनाइ छ । 
     
    राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ का अनुसार शुद्ध खानेपानीमा सबै नागरिकको हक रहेको छ । खानेपानी प्रयोगशालामा करिब पाँच सय हाराहारीमा भएको खानेपानीको परीक्षणबाट रु चार लाख ७५ हजार राजस्व सङ्कलन भएको प्रयोगशालाका केमिष्ट रविकिरण आर्चायले जानकारी दिनुभयो । 
     
    उहाँले खानेपानीको विभिन्न प्यारामिटर परीक्षण हुने उल्लेख गर्दै खानेपानीको अमिलो वा टर्रोपना, विद्युतीय सम्वाहक, पानीको घुलित अवस्था, अमोनिया लगायतका विषयको परीक्षण हुने जानकारी दिनुभयो । “खानेपानीमा धमिलो पानी आए फिल्टर गरेर खान सुझाव दिएका छौँ”, उहाँले भन्नुभयो ।  

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend