पोखरा । पोखरामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गएराति करिब सवा एक बजेतिर हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल खहरेचोक स्थित बिजुलीको पोलमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको भएको प्रहरीले जनाएको छ । त्यस्तै सोही दुघर्टनामा मोटरसाइकल चालक तनहुँको म्याग्दे गाउँपालिका ४ थर्पु बस्ने १७ वर्षीय संगम बानियाँ घाइते भएका छन् । उनको टाउको र घाँटीमा चोट लागेको कास्की प्रहरीले जनाएको छ ।
मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।