Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युवाका मुद्धालाई नीति निर्माणको तहमा पुर्‍याउने लक्ष्य : सभापति देउवा


९, भदौ २०८०
  • 279
    SHARES
  • युवाका मुद्धालाई नीति निर्माणको तहमा पुर्‍याउने लक्ष्य : सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवाको मुद्धालाई काँग्रेससँग जोड्ने र नीति निर्माणको तहमा पुर्‍याउने कांग्रेसको लक्ष्य रहेको बताउनुभएको छ ।

    शनिबार पार्टी कार्यालय सानेपामा कांग्रेसले आयोजना गरेको पोलिसी ह्याकथनको फाइनलमा देउवाले मुलुक निर्माणमा युवाहरुको भूमिका महत्वपूर्ण रहेकाले युवाको मुद्धालाई कांग्रेससंग जोड्ने र नीति निर्माणको तहमा पुर्‍याउने लक्ष्यका साथ पोलिसी ह्याकथन आयोजना गरिएको बताउनुभयो ।

    उहाँले जलवायु परिवर्तनको असर न्यूनिकरणमा पनि युवाहरुले पहलकदमी भूमिका निर्वाह गर्नुपर्ने जिकिर गर्नुभयो । सभापति देउवाले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहको अवस्थामा प्राकृतिक प्रकोपको चूनौति व्यहोर्नुपरेकाले यसलाई न्यूनिकरण गर्न नीति नियम तर्जुमा आवश्यक रहेको धारणा राख्नुभयो । स्वरोजगार निर्माण गर्ने कार्यक्रम अघि बढाउन सके अर्थतन्त्रको अवस्था सुधार हुने उहाँले बताउनुभयो । 

    कार्यक्रममा पोलिसी ह्याकथन प्रतियोगीतामा उत्कृष्ट टीमलाई पुरस्कार र कदर पत्र वितरण गरिएको थियो । अनलाइन आवेदन मार्फत नीति पत्र पठाउने २२७ टिम मध्येबाट छानिएका १० उत्कृष्ट टिमले शनिवार आफ्नो नीति पत्र प्रस्तुत गरेका थिए ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend