Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गठबन्धन तोड्ने षडयन्त्र सफल नहुने प्रधानमन्त्री दाहालको दाबी


१२, भदौ २०८०
  • 148
    SHARES
  • गठबन्धन तोड्ने षडयन्त्र सफल नहुने प्रधानमन्त्री दाहालको दाबी

    काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोड्ने षडयन्त्र सफल नहुने बताउनुभएको छ । 

    माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले मंगलबार काठमाडौंमा गरेको प्रशिक्षण कार्यक्रममा उहाले गठबन्धन तोड्ने धेरै कसरत भइरहेको भन्दै उक्त कसरत सफल नहुने बताउनुभएको हो । गठबन्धन तोड्न खोज्नेहरु आफै जनताको नजरमा गिर्दै जाने उहाँले बताउनुभयो । 

    प्रचण्डले माओवादी पार्टीलाई रुपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने जिकिर गर्नुभयो । देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा अभियानको सुरूवात गरिएको भन्दै प्रचण्डले थप तीव्रता दिएर अघि बढ्ने धारणा राख्नुभयो । 

    उहाँले भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेकै कारण घेराबन्दीका साथै अनेकौँ कुप्रचार गरिएको बताउनुभयो । सरकारले मुलुक र जनताको हितमा विभिन्न कदम अगाडि बढाएको उल्लेख गर्दै उहाँले अब छिट्टै जनताले त्यसको प्रतिफल लिन पाउने बताउनुभयो । 

    त्यस्तै उपत्यका विशेष प्रदेशमा इन्चार्ज वर्षमान पुनले सरकार र पार्टीका कामलाई व्यवस्थित गर्दै पार्टी रुपान्तरण अभियानमा जुट्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले पार्टीभित्र मतभेद, आलोचना भए पनि गुटगत राजनीति गर्न नपाइने भन्दै गुटबन्दी गर्नेलाई अनुशासनको कारबाही हुने बताउनुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend