Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लहलहैमा नभई गम्भीरतापूर्वक समाजवादी मोर्चा भएको हो: महासचिव विप्लव


१२, भदौ २०८०
  • 189
    SHARES
  • लहलहैमा नभई गम्भीरतापूर्वक समाजवादी मोर्चा भएको हो: महासचिव विप्लव

    रुपन्देही । समाजवादी मोर्चा नेपालको सन्देश सभा कार्यक्रमलाई मंगलबार बुटवलमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नेपाली समाजमा हिजो उत्पिडन, हेपाहा र सामन्तवादलाई हिजो लडेर नेपाली जनताले नयाँ परिवर्तन ल्याएको  बताउनुभयो । 

    नेपाल र नेपाली समाजलाई दलाल पुँजीवादले मुठ्ठीभर कब्जा जमाएर बसेको बताउँदै जनताले सुरक्षित र आर्थिकरुपमा बलियो भएर जीवन निर्वाह गर्न नपाएको उल्लेख गर्दै अब यसलाई चिर्नैपर्ने आवश्यकता रहेको औल्याउनुभयो । 

    महासचिव विप्लवले प्रधानमन्त्री प्रचण्डको बचाउ गर्दै देशको कार्यकारीलाई आज दलालहरुले बदनाम गर्नको लागि दुईवटा बिषयलाई झुड्याउन खोजेको भन्दै के माओवादी हत्यारा हो रु के यहि हो सत्य रु भनेर प्रश्न  गर्नुभएको थियो ।

    साथै उहाँले प्रचण्डलाई सरकार निर्धक्क भएर चलाउन र नडराएर सदन चलाउन मनोबललाई उत्प्रेरित गर्दै सडकबाट आफुहरुले जस्तोसुकै समय चुकाउन तयार रहेको बताउनुभयो। साथै उहाँले एमसिसीलाई कुनै पनि हालतमा अस्विकार गर्दै यद्यपि नेपालका ठाउँठाउँमा अमेरिकाले क्याम्प खडा गरेर साम्राज्यवाद स्थापित गर्न खोजेमा समाजवादी मोर्चा नेपाल लड्ने चेतावनी दिनुभयो । 

    नेता विप्लवले देशीविदेशी राजनीतिक दललाई अहिले गठन भएको मोर्चा मन नपरेको दावी गर्नुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend