Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालको चुच्चे भाग (नक्शा) समावेश नगरिनु चीनको त्रुटिपूर्ण ब्यबहार :  कांग्रेस नेता महर


१५, भदौ २०८०
  • 259
    SHARES
  • नेपालको चुच्चे भाग (नक्शा) समावेश नगरिनु चीनको त्रुटिपूर्ण ब्यबहार :  कांग्रेस नेता महर

    काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले चीन सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग ९नक्शा० समावेश नगरिनु  चीनको  त्रुटिपूर्ण ब्यबहार भएको र यसलाई सच्याउन नेपाल सरकारले कुटनैतिक नोट पठाउनु पर्ने बताउनु भएको छ । 

    नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ, तरुण दल र ने.वि.संघका नेताहरूसंग काठमाडौंमा शुक्रबार भएको छलफल कार्यक्रममा बोल्दै नेता महरले  चीन नेपालको असल छिमेकी हो तर नेपालको सहमति विना सन् २०१५ मा चीन र भारतले  लिपूभज्याङ मार्गबाट  दुई देशीय ब्यापार  सम्झौता गरेको घटना र चीनले अहिले प्रकाशन गरेको नक्सामा चुच्चे भाग नराख्नुले चीनसँग नेपालको सिमा समस्या रहेको कुरा स्वयम चीनको ब्यवहारबाटै प्रष्ट भएको छ । 

    नेता महरले भूगोल र जनसंख्याको हिसावले कुनै मुलुक सानो र ठुलो  भएपनि सार्वभौसत्ता , राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने बताँउदै एक छिमेकीले अर्को छिमेकीको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

    ऐतिहासिक तथ्यले समेत नेपाल र नेपाली जनताले कसैको बिराउने काम नगरेको बताउदै उहाँले भन्नुभयो नेपालको सार्वभौम संसदले पास गरेको चुच्चे नक्शा चीनले आफ्नो नक्शामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कुटनीतिक वार्ता गर्न र चुच्चे भुभाग सहितको नक्शा प्रकाशनका लागि  चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउने  पर्ने बताउनुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend