Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रूपन्देहीमा 'जनतासंग माओवादी विशेष रुपान्तरण अभियान'को तयारी पुरा


१५, भदौ २०८०
  • 167
    SHARES
  • रूपन्देहीमा 'जनतासंग माओवादी विशेष रुपान्तरण अभियान'को तयारी पुरा

    बुटवल । नेकपा माओवादी केन्द्रले देशव्यापी रूपमा संचालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को तयारी रूपन्देही जिल्लामा पुरा भएको छ । शुक्रबार बुटवलमा संचारकर्मीसंग कुरा गर्दै अभियानका जिल्ला इन्चार्ज गणेशमान पुनले अभियानको तयारी पुरा भएको जानकारी दिनुभयो ।

    ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ नारा दिईएको पार्टीको विशेष रूपान्तरण अभियानको तयारीका क्रममा जिल्लाका १६ वटै पालिकाका एक सय ५६ वटै वडामा पार्टी बैठक सम्पन्न गरिएको जानकारी दिंदै पार्टी स्थायी समिति सदस्य समेत रहेका नेता पुनले वडाहरूमा पार्टी कार्यकर्ताको उपस्थिति देखेर आफु उत्साहित भएको बताउनुभयो। 

    अभियानमा के गर्नुहुन्छ भन्ने पत्रकारको जिज्ञासाको जवाफमा नेता पुनले पार्टी कार्यकर्ता, शहिद परिवार, अपाङ्ग, घाइते, युवा, महिला, विद्यार्थीसंगै बौद्धिक समुदायसंग अन्तरक्रिया सहित सुझाब संकलन तथा पार्टी निर्माण अभियान संचालन हुने बताउदै नयाँ ढंगको पार्टी निर्माण अहिलेको आवश्यकता रहेकाले  सबै नेता कार्यकर्तालाई समेत रुपान्तरित हुन अभियानले प्रेरित गर्ने बताउनुभयो ।

    अहिले हामीमा देखिएको रचनात्मकताको कमी हो, जसले गर्दा नयाँपुस्तामा राजनीतिबाट टाढै बस्न चाहने र सकेसम्म देश नै छोडेर जाने स्थिति पैदा भएको छू यो अभियानले आम युवा समुदायमा उर्जा भर्ने छ, देशमै सम्भावना छ र हामीले देशमै केही गर्नुपर्छ भन्ने आशा जगाउने छ, युवाहरू राजनीतिबाट बाहिर हुँदा पुरानै पुस्ताले पुरानै ढंगले काम गरिरहने हुँदा राजनीतिमा युवापुस्ताको हस्तक्षेप आवश्यक छ भन्ने विषयको संचार अभियानले गर्ने बताउनुभयो । 

    त्यसैगरी पत्रकारसंग कुरा गर्दै पार्टीका जिल्ला संयोजक नारायण जिसी "निर्मल"ले अभियानको तयारी गर्ने सवालमा रुपन्देही जिल्ला लुम्बिनी प्रदेशमै पहिलो भएको बताउनुभयो। हामीले सबै तयारी पुरा गरेका छौं, पार्टीको लुम्बिनी प्रदेश कार्यालयले समेत अन्य जिल्लाको तुलनामा रुपन्देहीको तयारी राम्रो रहेको दाबी गर्नुभयो । जनयुद्धको आधारक्षेत्र रोल्पा(रूकुम भएपनि जनयुद्धको प्रचार र यसको संचार गर्ने जिल्ला रुपन्देही रहेको उल्लेख गर्दै संयोजक जिसीले रुपान्तरण अभियानमा समेत रुपन्देहीले देशभरी नै फरक सन्देश प्रवाह गर्ने बताउनुभयो । 

    पार्टीले भदौ १६ (भोलि) एकैसाथ देशका सात हजार दुई सय ४२ वडामा अभियानको उद्धाटन गर्दैछ। तीन महिनासम्म संचालन हुने उक्त अभियानको नेतृत्व प्रदेशमा केन्द्रिय पदाधिकारी, जिल्लामा स्थायी कमिटि सदस्य र पालिकामा पार्टीका केन्द्रिय सदस्यले गर्दैछन् भने प्रदेश सदस्य र जिल्ला सदस्यलाई  वडामा खटाईएको छ।

    पार्टी नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध अभियान चलाईरहेको अवस्थामा माओवादी पार्टीले संचालन गर्न गैरहेको वडा केन्द्रित अभियानलाई विशेष महत्वका साथ हेरिएको छ। सरकारले गरेको काम र पार्टीले संचालन गर्न लागिरहेको अभियानले आफूहरूलाई उत्साहित बनाएको माओवादी नेता कार्यकर्ता बताउँछन्।
     
    प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले समेत अभियानमा देशका सात प्रदेशका सात वटा वडाको जिम्मा लिएका छन्। भोलिको अभियान उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्ड चन्द्रागिरी नगरपालिकाको वडा नम्बर २ मा पुग्ने माओवादीले जनाएको छ। 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend