लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सल्लाहकार समिति गठन गर्नु भएको छ । पार्टीका पुराना एवम् अहिले सकृय पदमा नभएका नेताहरूलाई समावेश गरेर समिती गठन गर्नु भएको हो ।
पहिले पार्टीको मुख्य भूमिकामा रहेका तर पछिल्लो समय बाहिर रहेका नेताहरूबाट सल्लाह, सुझाव एवम् सांगठनिक अनुभव आदानप्रदानमा सहसता हुने विश्वासले समिती गठन गरिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बताउनुभयो । पार्टीमा रहेका पुराना अनुहारलाई साथमा लिनसकेमा पार्टी थप चलायमान हुने सभापति पुनको भनाइ छ ।
लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका व्यक्तिहरू, राज्यका विशिष्ट वडाका पूर्व प्रशासकहरू र विभिन्न विषयका विज्ञहरूलाई जिल्ला तहको सिफारिसको आधारमा मनोनयन गरिएको कांग्रेस लुम्बिनीले बताएको छ । सामाजिक रुपान्तरण, स्रोत साधनको परिचालन, खोज, अनुसन्धान एवम् नीति निर्माणका क्षेत्रमा सल्लाहकारहरूलाई सक्रिय बनाइने सभापति पुनको तयारी छ ।



